ad ad

कारोबार


हुण्डाईको नयाँ ग्रान्ड आई१० नियोस नेपालमा सार्वजनिक, मूल्य कति?

हुण्डाईको नयाँ ग्रान्ड आई१० नियोस नेपालमा सार्वजनिक, मूल्य कति?

नेपालखबर
फागुन १८, २०७९ बिहिबार १९:७, काठमाडौँ

नेपालका लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले ह्याचब्याक सेग्मेन्टमा आफ्नो लोकप्रिय मोडल ग्रान्ड आई१० नियोसको फेसलिफ्ट भर्सन भित्र्याएको छ ।   

हुण्डाई ग्रान्ड आई१० नियोसको पूर्व मोडल पनि नेपालमा धेरै बिक्ने कार बनेको थियो । अझ बढी परिस्कृत, आरामदायी र नबिनतम फिचरले भरिएको नयाँ ग्रान्ड आई१० नियोस  कम्पनीले प्रवर्धन गरेजस्तै ‘मोर, द मेरियर’ छ। 

पूर्व मोडलको तुलनामा ह्याचब्याकको प्रतिस्पर्र्धी बजारमा यसको आकर्षक डिजाइन, विशिष्ट सुविधाहरू र सुरक्षा जस्ता विभिन्न विशेषताहरुका कारण नयाँ आयाम स्थापित गर्ने विश्वास कम्पनीले लिइएको छ । 

हुण्डाई ग्रान्ड आई१० नियोस समयसापेक्ष प्रस्तुति र अत्याधुनिक विशेषताहरू सहित तयार गरिएका छन् । गाडीको पछिल्लो भागमा यो सेगमेन्टमै पहिलो पटक राखिएको विस्तारित एलईडी टेल लाइट्सजडित लाइटबारले नयाँ ग्रान्ड आई१० नियोसलाई विशिष्ट स्वरूप दिएको छ। 

नयाँ ग्रान्ड आई१० नियोस १.२ लिटर पेट्रोल इन्जिन पावरमा उपलब्ध छ । १६५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको यो ह्याचब्याकको पावरसँगै उत्कृष्ट पर्फर्मेन्सको कारण यसमा उत्साहजनक ड्राइभिङ्ग अनुभव पाउन सक्नेछन्। एमटी अप्सनमा एरा, म्याग्ना र स्पोर्ट्ज भेरियन्ट र एएमटी अप्सनमा म्याग्ना र स्पोर्ट्ज भेरियन्ट उपलब्ध रहने नयाँ ग्रान्ड आई१० नियोसको प्रारम्भिक मूल्य २९.९६ लाख कायम गरिएको छ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .