ad ad

कारोबार


काठमाडौंदेखि बन्दीपुरसम्म रोयल इन्फिल्डको ‘रिसेस राइड’ (फोटोफिचर)

काठमाडौंदेखि बन्दीपुरसम्म रोयल इन्फिल्डको ‘रिसेस राइड’ (फोटोफिचर)

नेपालखबर
फागुन २१, २०७९ आइतबार १२:४७, काठमाडौँ

रोयल इन्फिल्डलले रिसेस राइड आयोजना गरेको छ। 

कम्पनीको लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले शुक्रबार रिसेस राइड आयोजना गरेको हो। 

मोटरसाइकल राइडमा रोयल इन्फिल्डका मोटरसाइकलसहित ५६ जना रोयल इन्फिल्ड रायडर्स सहभागी भएको कम्पनीले जनाएको छ। 

सडक सुरक्षा सचेतना र सुरक्षित चलाउने जागरणका लागि राइड आयोजना गरिएको अल्फा मोटिभको भनाइ छ। 

१९ गते बिहान रोयल इन्फिल्डको नक्साल शोरुमबाट राइड सुरु भई थानकोट–नागढुंगा–नौबीसे–बैरेनी हुँदै बेनीघाट–कुरिनटार–मुग्लिङदेखि आँबुखैरेनी–डुम्रे पुगेका थिए। त्यहाँबाट बन्दीपुर पुगेको राइडमा सहभागीले सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रममा भाग लिएका थिए। 

राइडमा सहभागीले फ्लिप द कम गेम खेलेका थिए भने यसको विजेता सरोज पौडेललाई पुरस्कृत गरिएको थियो। २० गते राइड सम्पन्न भएको थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .