ad ad

कारोबार


कुनै पनि ब्रान्डको गाडीसँग नेटा भी इलेक्ट्रिक कार साट्न सकिने

सीजी मोटर्स नेटा भी एक्सचेञ्ज क्याम्प प्रारम्भ
कुनै पनि ब्रान्डको गाडीसँग नेटा भी इलेक्ट्रिक कार साट्न सकिने

नेपालखबर
चैत ८, २०७९ बुधबार १५:४२, काठमाडौँ

सीजी मोटर्सले आज देखि नेटा भी एक्सचेञ्ज क्याम्प प्रारम्भ गरेको छ। 

काठमाडौंको विशालनगर शोरुम र अन्य स्थानहरुमा एक्सचेञ्ज क्याम्प सुरु गरेको हो। 

आजबाट  चैत १० शुक्रबारसम्म चल्ने सो क्याम्पेन अन्तर्गत कुनै पनि ब्रान्डको पेट्रोलियम वा अन्य गाडीसँग नेटा भी इलेक्ट्रिक कार साट्न सकिनेछ। 

सीजी मोटर्सले पुरानो गाडीको उपयुक्त भ्यालुएसन प्रदान गरिने त्यसैगरी सो अवसरमा शोरुम भ्रमण गर्ने र गाडी टेस्ट ड्राइभ गर्नेहरुलाई रिफ्रेसमेन्ट सहित आकर्षक उपहार समेत उपलब्ध गराइनेछ। 

‘स्विच टु ईभी’ ट्यागलाइनका साथ ल्याइएको सो अफरबाट इलेक्ट्रिक कार चढ्न चाहने ग्राहकहरु लाभान्वित हुन सक्नेछन्। 

नेटा भी कारमा सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी सिएटीएलले उत्पादन गरेको ३८.५ किलोवाट आवर ब्याट्री प्रयोग गरिएको छ ।

नेटामा प्रयोग भएका ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी दिइएको कम्पनीको भनाइ छ ।

यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । त्यस्तै सीजी मोटर्सका हरेक खरिदकर्तालाई ६.६ किलोवाटको  चार्जर र एक वर्षको बीमाको सुविधा निःशुल्क उपलब्ध छ ।

एक पटक फुल चार्जमा ३८० कि मि नेटा भि नेपाली बजारमा उपलब्ध लोकप्रिय इलेक्ट्रिक कार हो ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .