कारोबार


भारतमा ३ अर्ब डलरबराबरको आईपीओ जारी गर्दै हुन्डाई

भारतमा ३ अर्ब डलरबराबरको आईपीओ जारी गर्दै हुन्डाई

नेपालखबर
माघ २८, २०८० आइतबार १४:०, काठमाडौँ

विश्वको तेस्रो ठूलो अटोबजार भारतमा चर्चित सवारीसाधन निर्माता हुन्डाईले ३ अर्ब डलरबराबरको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने तयारी गरेको छ। 

यसको लागि जेपी मोर्गान र सिटीसँग कम्पनीले सल्लाह सुझाव मागेको रोयटर्सले जनाएको छ। कम्पनीले मेसम्ममा भारतीय नियामकमा यससम्बन्धी कागजात स्वीकृतिका लागि पेस गर्ने जनाइएको छ। 

स्रोतलाई उद्धृत गरी लेखिएको समाचारबारे कम्पनीले भने अहिले नै केही बताएको छैन। कम्पनीले एक महिनामा यसबारे अन्तिम चरणमा पुगेपछि मात्र बताउने बताएको छ। 

भारतमा हुन्डाई दोस्रो ठूलो सवारीसाधन बिक्रेता हो। जहाँ १५ प्रतिशत बजार हिस्सा ओगटेको छ। आईपीओ जारीपश्चात् कम्पनीको स्थानीय मूल्यांकन ३० अर्ब डलरबराबर पुग्नेछ। यो आईपीओलाई भारतकै हालसम्मको ठूलो हुने मानिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .