भक्तपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
शनिबार दिउँसो भक्तपुरको सूर्य विनायक नगरपालिका १० पलासेमा भएको दुर्घटनामा गम्भीर घाइते भएका काभेको धुलिखेल नगरपालिका ७ बाँसघारी घरका ५४ वर्षीय मुकुन्दप्रसाद तिमल्सिनाको उपचारको क्रममा मृत्यु भएको हो।
बा ७८ प ३१५५ नम्बरको मोटरसाइकलमा सवार तिमल्सिना बा २ ख ९४५४ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा मध्यपुर ठिमी अस्पतालमा गएराति मृत्यु भएको प्रहरी परिसर भक्तपुरले जनाएको छ।
दुर्घटनापछि बस र त्यसका चालक दोलखाको भिमेश्वर नगरपालिका ७ घर भइ हाल काभ्रे बस्दै आएका ३५ वर्षीय देहेन्द्र सिंह बस्नेतलाई प्रहरी वृत्त जगातीले पक्राउ गरेको परिसरकार प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए।
3
Shares
प्रतिक्रिया