समाज


काभ्रेको मण्डनदेउपुर पूर्णखोप सुनिश्चित विद्यालय भएको नगरपालिका घोषणा

काभ्रेको मण्डनदेउपुर पूर्णखोप सुनिश्चित विद्यालय भएको नगरपालिका घोषणा

नेपालखबर
असार ३१, २०८३ बुधबार १६:२, काठमाडौँ

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका पूर्णखोप सुनिश्चित विद्यालय भएको नगरपालिका घोषणा भएको छ।

आर्थिक वर्ष २०८२/८३ मा विद्यालय भर्ना भएका ५९ महिनामुनिका ६५९ जना बालबालिकाले नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत पाउनुपर्ने सबै खोप र मात्रा पूरा गरेको विद्यालय तथा वडा तहबाट सुनिश्चित भएपछि नगरपालिकालाई औपचारिक रूपमा घोषणा गरिएको हो।

यस उपलब्धिसँगै मण्डनदेउपुर नगरपालिका पूर्णखोप सुनिश्चित विद्यालय घोषणा निर्देशिका बमोजिम यस्तो घोषणा गर्ने नेपालकै पहिलो स्थानीय तह बनेको नगरपालिकाले जनाएको छ।

नगरपालिकाभित्रका ४३ सामुदायिक र ६ संस्थागत गरी ५९ विद्यालयका ५९ महिनासम्मका सबै बालबालिकाले राष्ट्रिय पूर्णखोप निर्देशिकाअनुसार सबै खोप प्राप्त गरेको प्रमाणित भएपछि विद्यालयहरूलाई पूर्णखोप सुनिश्चित विद्यालय घोषणा गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad