समाज


बाढीपहिरो: आज यी ८ सडक पूर्णरूपमा अवरुद्ध, ६ सडकमा एकतर्फी सवारी

बाढीपहिरो: आज यी ८ सडक पूर्णरूपमा अवरुद्ध, ६ सडकमा एकतर्फी सवारी

फाइल फोटो


नेपालखबर
असार ३२, २०८३ बिहिबार ९:३०, काठमाडौँ

वर्षापछि बाढीपहिरो जाँदा आज देशका विभिन्न ८ वटा सडक अवरुद्ध भएका छन्। त्यसैगरी ६ वटा सडकमा एकतर्फी मात्रै सवारी चलिरहेका प्रहरीले जनाएको छ। 

मेची राजमार्गमा पर्ने इलामको इलाम नगरपालिका- ९ राजदुवालीमा सडक अवरुद्ध हुँदा अहिले झापा-ताप्जेजुङ सडकमा गाडी चलेका छैनन्।

उक्त सडक अवरुद्ध भए पनि बैकल्पिक बाटोबाट सवारी चलेका प्रहरीले जनाएको छ। 

त्यसैगरी सम्भावित बाढीको कारण बीपी राजमार्ग पनि अहिले अवरुद्ध छ।

त्यसैगरी पहिरोको कारण कान्ती लोकपथ पनि अवरुद्ध छ।

सिन्धुपाल्चोकमा अरनिको राजमार्ग, अर्घाखाँचीमा सालभण्डी ढोरपाटन सडक र गुल्मीमा रुद्रवेणी सडक पनि बाढीपहिरोले अवरुद्ध छ। 

त्यसैगरी भोजपुरको मध्यपहाडी राजमार्ग, मकवानपुरको भिमफेदीमा कान्तिलोकपथ, कास्कीमा नयाँपुल-धान्द्रुक सडक, बागलुङमा मध्यपहाडी लोकमार्ग, गुल्मीमा कालीगण्डकी करिडोर सडकमा अहिले एकतर्फी मात्रै गाडी चलेका छन्। 

हेर्नुहोस् अवरुद्ध र एकतर्फी सडकको सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad