ad ad

कारोबार


सञ्जाल विस्तारमा आक्रामक बन्दै सेरेस

सञ्जाल विस्तारमा आक्रामक बन्दै सेरेस

नेपालखबर
चैत ६, २०८० मंगलबार १८:५९, काठमाडौँ

नाडा अटो सो २०२३ मार्फत नेपालमा दमदार रुपमा प्रवेश गरेको सेरेसले छोटो समयमा धेरै नेपालीको मन जित्न सफल भएको दाबी गरेको छ।

अब भने सेरेसका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले सेरेसका इभीहरुको उपलब्धता सहज बनाउन महत्वपूर्ण पाइला चाल्ने भएको छ।

सेरेसले यसअघि नै नक्साल, पानी पोखरी, थाक्सीखेल ललितपुर र भक्तपुर जस्ता काठमाडौं उपत्यकाका महत्वपूर्ण स्थान तथा काठमाडौं बाहिर पोखरा, वुटवल, विराटनगर, विर्तामोड र नेपालगञ्जमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ ।  

सेरेस इभीप्रति ग्राहकको पहुँच सहज बनाउन एमएडब्लु वृद्धिले निकट भविष्यमा नारायणघाट, धनगढी, विरगञ्ज र जनकपुरमा पनि सोरुम सुरु गर्ने योजना बनाएको छ ।

यसले नेपालभर परिचित र उपलब्ध इभी ब्रान्ड बन्ने सेरेसको महत्वकांक्षालाई उजागर गर्छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .