कारोबार


ओमोडा ई५ नेपालगन्जमा सार्वजनिक, सिद्धार्थ टेकले बिक्री गर्ने

ओमोडा ई५ नेपालगन्जमा सार्वजनिक, सिद्धार्थ टेकले बिक्री गर्ने

नेपालखबर
असार २३, २०८१ आइतबार १५:३, काठमाडौँ

नेपालका लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्राइभेट लिमिटेडले नेपालगन्जको करकन्दोमा नयाँ आधिकारिक डिलरसिपको उद्घाटन गरेको छ।

डिलरसिपसँगै ‘फ्युचरिस्टिक’ ओमोडा ई५ गाडीलाई स्थानीय बजारमा सार्वजनिक समेत गरेको कम्पनीले जनाएको छ। 

मिडिया तथा अतिथि लगायत १०० भन्दा बढी सहभागीहरूको उपस्थितिमा नयाँ डिलरसिप उद्घाटन तथा सार्वजनिक गरिएको हो।

ओमोडाले डिलर नेटवर्कको विस्तार गर्दै विभिन्न क्षेत्रका ग्राहकहरूलाई सहज सेवा प्रदान गर्ने उद्देश्यलाई निरन्तरता दिएको उल्लेख गरेको छ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टको प्रमुख आतिथ्यमा आयोजित उद्घाटन समारोहमा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी, सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी (एसपीजीएच)का अध्यक्ष चिन्तामणि न्यौपाने, एसपीजी अटोमोबाइल्स र सिद्धार्थ टेक प्राका विवेक कुमार श्रेष्ठ र केशव न्यौपाने, ऋषि कँडेल, आशिष दाहाल लगायत सहभागी थिए।

सोही समारोहमा ओमोडा ई५ को औपचारिक रुपमा अनावरण गरिएको थियो। 

एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले उत्साहजनक र सकारात्मक बजार प्रतिक्रिया पाएको बताए। 

नेपालगन्जमा एसपीजी अटोमोबाइल्स प्रा.लि.को नयाँ आधिकारिक वितरक ‘सिद्धार्थ टेक प्राइभेट लिमिटेड’ यही जुलाई २०२४ देखि उद्घाटनसँगै सञ्चालनमा आइको छ। 

ओमोडा इफाइभ विद्युतीय सवारीले विभिन्न विशेषता सहित सुरक्षित, आधुनिक र नौलो ड्राइभिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।

यसको प्रि-बजेट मूल्य ६१ लाख ९९ हजार सिङ्गल टोन, डुअल टोन भएको ओमोडाको मूल्य ६२.४९ लाख रुपैयाँ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad