नेपालको लागि टाटा मोटर्सको एकमात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले ग्राहकहरुको सुविधाको लागि `टाटा विङ्गरको धमाकेदार अफर´ नामक लाभदायक योजना लिएर आएको छ।
योजनाअन्तर्गत अब जम्मा २० प्रतिशत डाउन पेमेन्टमा ६ वर्षसम्मको चुक्ता अवधिको साथ ७० प्रतिशतसम्मको फाइनान्स सुविधा लिएर सजिलै विङ्गर खरिद गर्न सकिनेछ।
मासिक ६० हजारदेखिको सरल किस्ताबन्दीमा ग्राहकहरुले आफ्नो व्यावसाय विस्तार गर्दै आम्दानीलाई बढाउन सकिने कम्पनीले जनाएको छ। अत्यन्तै लाभदायक यो योजना यही अगस्ट महिनाभरी उपलब्ध हुने कम्पनीले जानकारी गराएको छ।
हरेक दृष्टिकोणबाट ग्राहकहरुलाई सुविधा मिल्ने यो योजनाले विङ्गर खरिदको लागि पर्खिबसेका ग्राहकहरुलाई अत्यन्तै सजिलो बनाउने विश्वास कम्पनीले लिएको छ। साथै, योजनाको भरपुर लाभ उठाउन सबैमा आग्रह समेत गरेको छ।
यसै क्रममा टाटा मोर्टसले हालै रि-लञ्च गरेको टाटा विङ्गर १३+डी बीएस६ नयाँ मोडेलको विङ्गर छोटो तथा लामो दूरीको लागि अन्यन्तै किफायती, आरामदायी तथा फाइदामुलक रहेको छ।
सिप्रदी ट्रेडिङ्ग प्रा. लि. का प्यासेन्जर भेहिकल/ बसेस/ प्यानलका प्रडक्ट मेनेजर इन्द्रमणि पोख्रेलले प्रदूषणलाई नियन्त्रण गर्न अत्याधुनिक बीएस६ टेक्नोलोजी भएको यस गाडीमा १०० हर्ष पावर का साथै २०० न्यूटन मिटरको टर्क रहेको जानकारी गराए।
Shares

प्रतिक्रिया