कारोबार


एड्भेन्चर टुरिङका लागि किन रोज्ने सीएफमोटो ४५०एमटी मोटरसाइकल?

एड्भेन्चर टुरिङका लागि किन रोज्ने सीएफमोटो ४५०एमटी मोटरसाइकल?

नेपालखबर
भदौ ६, २०८१ बिहिबार १६:२२, काठमाडौँ

मोटरसाइकल उत्पादक सीएफमोटोको ४५०एमटी मोटरसाइकल नेपालमा उपलब्ध भएको छ।

अधिकृत वितरक ऋषि ट्रेड सेन्टरले यो मोटरसाइकल नेपाल ल्याएको हो। एडभेन्चर टुरिङका लागि यो मोटरसाइकल उपयुक्त रहेको कम्पनीले जनाएको छ। 

यसमा अत्याधुनिक डिजाइन, शक्तिशाली पर्रफर्मेन्स र उत्कृष्ट सुविधा रहेको कम्पनीको भनाइ छ। 

कम्पनी भन्छ, ‘त्यसैले यो मोटरसाइकल रोड तथा अफ रोडमा रोमाञ्चक यात्रा खोज्नेहरूको लागि एक योग्य साथी बनाउँछ।’

अत्याधुनिक पावर र पर्फर्मेन्स
मोटरसाइकलमा ४४९.५सीसीको बलियो, लिक्विड कुल्ड, प्यारलल–ट्विन अथवा डुअल सिलिन्डर इन्जिन छ। जसले ४४ हर्सपावर ९५०० आरपीएममा र ४४एनएम टर्क ७६०० आरपीएममा दिन्छ। 

यो मोटरसाइकलमा आकर्षक डिजाइन र कार्यक्षमताको उत्कृष्ट संयोजन रहेको कम्पनीको दाबी छ। 

कम्पनीका अनुसार पूर्ण रूपमा एलईडी लाइट रहेको ४५०एमटीले रातको समयमा भिजिबिलिटी उत्कृष्ट बनाउने मात्र नभएर डिजाइनलाई आधुनिक लुक पनि दिन्छ। यो बाइक सेग्मेन्टकै सबैभन्दा हल्का एड्भेन्चर टुरिङ बाइक हो। यसको तौल जम्मा १७५ किलो रहेको छ।

बाइकमा बोस एबीएस र टीसीएसजस्ता प्रणाली छन्। 

अत्याधुनिक प्रविधि र सुविधाहरू
सीएफमोटोले ४५०एमटीलाई सुरक्षा र सुविधाका उत्कृष्ट सुविधाहरूले सुसज्जित गरेको छ। बाइकमा पूर्ण रूपमा डिजिटल टीएफटी ६ इन्चको डिस्प्ले छ। 

बाइकको सबै जानकारी जस्तै स्पिड, फ्युल लेभल, ट्रिप इन्फो डिस्प्लेमा हुनेछन्। डिस्प्लेको दृश्यहरू राइडरले आफ्नो चाहनाअनुसार बदल्न सक्ने सुविधा छ। 

सुरक्षालाई प्रमुख प्राथमिकता दिएको बाइकमा डुअल च्यानल एबीएस छ। यसले हरेक अवस्थामा स्थिर ब्रेकिङ सुनिश्चित गर्छ, साथै यो स्विच अन र अफ पनि गर्न मिल्छ। सहरको ट्राफिक होस् वा अफरोडको गतिमा, एबीएसले राइडिङलाई अझ बढी आत्मविश्वास र नियन्त्रण सुनिश्चित गर्छ।

अरू उत्कृष्ट सुविधाहरूमध्ये यसमा बोस्क ट्र्याक्सन कन्ट्रोल सिस्टम, फोल्डेबल रियर–भ्यू मिरर्स, एडजस्ट गर्न मिल्ने विन्डसिल्ड र केवाईबी सस्पेन्सन रहेको छ ।

आरामदायी र भर्सटाइल टुरिङ
एडभेन्चर सोचमा राखी डिजाइन गरिएको यो बाइक निकै आरामदायी छ। बाइकमा एर्गोनोमिकली डिजाइन गरिएको सिट छ।

यसले राम्रो सपोर्टको साथ लामो यात्रा पनि सजिलै कटाउन मद्दत गर्छ। बाइकको विन्डस्क्रिनले हावाको प्रतिरोध घटाएर लामो यात्रामा थकान निकै नै कम गर्छ।

१७.५ लिटरको ठूलो फ्युल ट्याङ्कले रिफ्युलिङविना नै लामो दूरी यात्रा गर्न सम्भव बनाउने कम्पनीको भनाइ छ। बाइकको २२०एमएम ग्राउन्ड क्लियरेन्सका साथै फ्रन्ट टायरको टेलिस्कोपिक फोर्क र पछाडिको टायरको मोनोशकले जस्तोसुकै भूभागमा पनि आरामदायी यात्रा सुनिश्चित गर्छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad