सांग्रिला मोटर्सले लिप मोटर्सको गाडी नेपाली बजारमा ल्याएको छ।
मंगलबारबाट सुरु हुने नाडा अटो सोलाई लक्षित गर्दै नयाँ ‘मस्कुलिन’ गाडी सार्वजनिक गरेको हो।
गोल्छा अर्गनाइजेसन र सारडा ग्रुपको साझेदारीमा रहेको सांग्रिला मोटर्सले सी १० एसयूभी ल्याएको छ। भदौ ११ गतेबाट हुने नाडा अटो शोमा कम्पनीले मूल्य सार्वजनिक गरेको छ।
उच्च मध्यमस्तरको सेगमेन्टमा प्रतिस्पर्धा गर्नको लागि नेपाली बजारमा प्रतिस्पर्धा भइरहेको छ। नेपालमा एमएडब्लु वृद्धिले बिक्री गरिरहेको डिप्पलको सेगमेन्टलाई कडा टक्कर दिने देखिएको छ।
१६० किलोवाट आवरको मोटर रहेको गाडीले ३२० एनएम टर्क जेनेरेट गर्छ। ६९.९ किलोवाट आवर रहेको गाडीको रेञ्ज डब्लूटीपी विद्युतीय रेञ्ज, डिसी चार्जरबाट ३० मिनेटमा फुल हुन्छ भने नर्मर चार्जरबाट ६.१ घण्टा लाग्छ।
७० लाख हाराहारीमा ल्याउन लागिएको गाडी आधुनिक फिचर्ससहित उपलब्ध छ। युरो एनक्यापमा ५ स्टार रेटिङ पाएको यो गाडी ५ वटा रंगमा उपलब्ध छ।
५ सिटर गाडीको ग्राउन्ड क्लियरेन्स १९० एमएम छ। त्यस्तै ४७३९ एमएम लम्बाइ, १९०० एमएम चौडा र १६८० एमएम उचाइ छ। गाडीमा १३ वटा सेन्सर र १९ वटा अडास फिचर्स छन्।
जर्मनीको बर्लिनमा सार्वजनिक भएको यो गाडी नेपालमा भने मंगलबारदेखि सुरु हुने नाडा अटो सोमा सार्वजनिक हुँदै छ।
तस्बिर/भिडिओ: सरोज नेपाल






प्रतिक्रिया