भारतमा सम्पन्न र्याली अफ हिमालयाजको चौथो संस्करणअन्तर्गत ग्रुप डी अर्थात रोयल इन्फिल्ड क्लासमा विजयी नेपाली राइडर दीपक साहलाई सम्मान गरिएको छ।
रोयल इन्फिल्ड हिमालयन ४११ चलाएर नेपालको प्रतिनिधित्व गरेका राइडर दीपक साहलाई रोयल इन्फिल्ड नेपाल (अल्फा अटोमोटिभ) ले काठमाडौंैको एटिक रेष्टुरेन्टमा कार्यक्रम गर्दै सम्मान गरेको हो।
कार्यक्रममा ७० जना नेपालका अनुभवी, भेटरान राइड्सहरु सहभागी थिए। साहलाई खादा, सम्मान पत्रसहित ९५ हजार नगद सम्मान गरिएको हो।
साहले असोज १६ गतेदेखि २० गतेसम्म (२– ६ अक्टोबर) भारतमा आयोजना भएको र्याली अफ हिमालयाजको चौथो संस्करणमा रोयल इन्फिल्ड हिमालयन ४११ चलाएर नेपालको प्रतिनिधित्व गरेका थिए।

भारतको हिमाचल प्रदेशस्थित मनालीबाट रोहताङ पास, काजा र स्पिति भ्यालीसम्मको करिब ६ सय किलोमिटर दूरीमा सो प्रतियोगिता भएको थियो। सो अवसरमा कठिन भौगोलिक बनावट र करिब ४ हजार ५५१ किलोमिटर सम्म उचाइ भएको कुन्जुम पास समेत राइडरहरुले पार गरेका थिए।
एक कार्यक्रमका बिच हिमालयन एक्स्ट्रिम मोटरस्पोर्ट्सका चिफ तथा १२ पटकसम्मका रेड डी हिमालय तथा अन्य धेरै र्याली विजेता सुरेश रानाले राइडर साहलाई ट्रफी हस्तान्तरण गरे । राइडर साहले नेपालीको पहिचान ढाका टोपी र राष्ट्रिय झन्डा साथमा लिएर ट्रफी ग्रहण गरेका थिए।
विश्व मोटरसाइकल फेडरेसन ९एफआईएम० सँग आवद्ध भारतको संस्था फेडरेसन अफ मोटर स्पोर्ट्स क्लब अफ इन्डिया ९एफएमएससीआई० मा रजिस्टर भएको सो इभेन्टमा एफआईएम तथा एफएमएससीआईको विभिन्न नियम पालना गर्नु आवश्यक हुन्छ । सो र्यालीमा टाइम, स्पिड र डिस्ट्यान्स (टीएसडी)का आधारमा विजेता छनोट गरिन्छ।

साहले भने, ‘म यस प्रतिष्ठित इभेन्टमा नेपालको प्रतिनिधित्वका साथ विजयी समेत बनेकोमा गौरवान्वित महसुस गरेको छु। रोयल इन्फिल्ड हिमालयन ४११ चलाउँदा म हिमालयको चुनौतीपूर्ण भू–भागको सामना गर्नको लागि आत्मविश्वास महसुस गरेको छु र म आफ्नो देशलाई मोटरस्पोर्टबाट विश्वभर चिनाउन चाहन्छु।’
उनले सुरुदेखि नै रोयल इन्फिल्ड मोटरसाइकल चढ्दै आएका छन्। उनको बुवासँग सन् १९८० देखि नै रोयल इन्फिल्डको मोटरसाइकल थियो । यसकारण पनि उनमा रोयल इन्फिल्डप्रति आकर्षण बढ्यो।
दीपक साहले सन् २०१७ र २०१८ मा समेत रेड डी हिमालय भाग लिएका थिए । त्यसैगरी २०२२ मा र्याली अफ चाम्बामा समेत सहभागी भएका थिए। उनी रोयल इन्फिल्ड क्याटागोरीमा सन् २०१८ को रेड डी हिमालय र र्याली अफ चाम्बाको विजयी समेत बनेका थिए।
Shares

प्रतिक्रिया