कारोबार


टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट, १५० डिलर सहभागी

टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट, १५० डिलर सहभागी

नेपालखबर
मंसिर ९, २०८१ आइतबार १८:२, काठमाडौँ

टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न भएको छ । टाटा ग्रिन ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी अटोकम्प प्रालिले सो मिट सम्पन्न गरेको हो।

गत शुक्रबार काठमाडौंको होटल क्राउन इम्पेरियलमा सम्पन्न सो च्यानल पार्टनर मिटमा देशभरका १५० डिलरको सहभागिता रहेको थियो।

लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठ तथा टाटा अटोकम्प इन्डियाका मार्केटिङ हेड उत्सव वनर्जीले संयुक्त रुपमा सो कार्यक्रमको उद्घाटन गरेका थिए।

सो अवसरमा टाटा अटोकम्प इन्डियाका मार्केटिङ हेड उत्सव वनर्जी तथा एक्सपोर्ट म्यानेजर अनिस सिंहले टाटा ग्रिनको इतिहासका साथै भावी कार्ययोजनाबारे बताएका थिए। लक्ष्मी अटोकम्पका सेल्स हेड उमेश घिमिरेले नेपाली बजारमा रहेको टाटा ग्रिन ब्याट्रीको डिलर नेटवर्क तथा बिक्री योजना वारेमा जानकारी प्रदान गरेका थिए।

सो अवसरमा डिलर सञ्चालकहरुले टाटा ग्रिनप्रतिको धारणा र अनुभव आदानप्रदान गरेका थिए। कार्यक्रमको अवसरमा टाटा ग्रिन होम यूपीएस र इन्डष्ट्रियल ब्याट्री समेत लन्च गरिएको थियो । नेपाली बजारमा अब ८५० भीए १००० भीए र १४५० भीएका टाटा ग्रिन स्विच अन होम यूपीएस उपलब्ध भएका छन् भने ७.२, ९ र १२ एएचका इन्डष्ट्रियल ब्याट्री समेत उपलब्ध भएका छन्।

जापनिज ब्याट्री निर्माता कम्पनी जीएस युआसासँगको संयुक्त लगानीमा सन् २००५ को अक्टोबरमा टाटा ग्रिन ब्याट्रीको स्थापना भएको थियो। हाल कम्पनीले २.५ देखि २२० एएच रेन्जका ब्याट्री उत्पादन गरिरहेको छ।

कम्पनीले वार्षिक रुपमा १४ लाख फोर ह्विलर २४ लाख टु विलर सवारी साधनका लागि आवश्यक ब्याट्री उत्पादन गर्दै आएको छ। यी उत्पादन नेपाली बजारमा लक्ष्मी अटोकम्पले उपलब्ध गराउदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad