जापानी अटो निर्माताहरु होन्डा र निसानले मर्जरको योजना घोषणा गरेका छन्।
एपीका अनुसार दुई कम्पनी मर्ज हुँदा बिक्रीको आधारमा विश्वकै तेस्रो ठूलो ‘अटोमेकर’ बन्नेछन्।
दुवै कम्पनीले सोमबार समझदारी पत्रमा हस्ताक्षर गरेको बताएका छन्।
निसानसँग सहकार्य गरेको मित्सुबिसी मोटर्सले पनि आफ्नो व्यवसाय एकीकरण गर्न राजी भएको बताइएको छ।
‘यदि यो एकीकरणले साकार रुप पाए हामी व्यापक ग्राहकमाझ अझै ठूलो मूल्य डेलिभर गर्न सक्छौँ’, निसानका प्रमुख कार्यकारी माकोतो उचिदाले भने।
विद्युतीय सवारीसाधनमा जापनी अटोमेकर पछि पर्दै गएका थिए। यसबाहेक उनीहरुले लागत घटाउने उपाय पनि खोजिरहेका थिए।
यो महिनाको सुरुतिर सम्भावित मर्जरबारे चर्चा सुरु भएको थियो।
57
Shares

प्रतिक्रिया