कारोबार


विद्यालय र अभिभावकमाझ लोकप्रिय बन्दै लोकोन्याभ सिप्रदी एप

विद्यालय र अभिभावकमाझ लोकप्रिय बन्दै लोकोन्याभ सिप्रदी एप

नेपालखबर
माघ १८, २०८१ शुक्रबार १३:३५, काठमाडौँ

सिप्रदी ट्रेडिङ प्रा.लि.ले स्कूलबसहरुलाई लक्षित गरी सञ्चालनमा ल्याइएको जीपीएस ट्रयाकिङ र फ्लिट म्यानेजमेन्ट एप्लिकेसन ‘लोकोन्याभ सिप्रदी एप’ पछिल्लो समय अभिभावक र विद्यालयमाझ  अत्यन्तै उपयोगी बनेसँगै लोकप्रिय बन्दै गइरहेको छ।

सिप्रदीका अनुसार सन् २०२२ जुलाईदेखि स्कूलबसलाई थप सुरक्षित एवम् सहज यात्राको सारथीका रुपमा सञ्चालनमा ल्याइएको लोकोन्याभ सिप्रदीले आफ्नो पूर्वनिर्धारित उद्देश्यमा सफलता पाएको छ।

जसकारण अन्य विद्यालय र अभिभावकले समेत यसप्रति निकै चासो र अभिरुचि दर्शाउँदै गइरहेका छन्। 

लोकोन्याभ सिप्रदी एप्लिकेसनले विद्यालय प्रशासनलाई गाडीको वास्तविक समय जीपीएस ट्रयाकिङ, रुट व्यवस्थापन, जियोफेन्स सेटिङको साथमा सम्पूर्ण गाडीहरुको कार्य सम्बन्धि विश्लेषण रिर्पोट पनि प्रदान गर्दै आइरहेको कम्पनीले जानकारी दिएको छ। 

यस्तै, एप्लिकेसनमा ओभर स्पिड, तीव्र ब्रेकिङ, अचानक एक्सिलेरेसनजस्ता सुरक्षा सूचना समावेश गरिएको हुँदा यस्ता सूचनाहरुले विद्यालय प्रशासनलाई जोखिमयुक्त ड्राइभिङ गतिविधिहरु पहिचान गर्न, चालकहरुलाई गति सीमा र सुरक्षित ड्राइभिङसम्बन्धी तालिमहरु प्रदान गर्नको लागि मद्दत गर्ने गरेको कम्पनीको भनाइ छ।   

त्यसैगरी, सडक दुर्घटना, गाडी बिग्रिने वा अन्य आपत्कालीन अवस्थामा तुरुन्तै घटनास्थलको लोकेसनबारे जानकारी प्रदान गर्ने र यसको सहायताबाट उद्धार, मर्मतसहितका सहायता कार्यमा सहजता प्रदान गरिरहेको सिप्रदीले जनाएको छ।

यसबाट क्षतिलाई प्रयोगकर्ता मैत्री इन्टरफेस भएको यस एप्लिकेसनलाई विद्यालयहरुले आफ्ना विद्यमान विद्यालय व्यवस्थापन प्लेटफर्महरुमा सजिलै इन्ट्रिगेट गर्न पनि सफल भएको बताइएको छ।

यसैगरी, अभिभावकहरुले पनि यस एप्लिकेसनमार्फत गाडी कुन स्थानमा छ वा काहाँ आइपुग्यो ? भनि सजिलै ट्र्याक गर्न सक्ने हुदाँ अफ्ना बच्चाहरुलाई लिन वा पु¥याउन जाने समयको सहज व्यवस्थापन गर्नसक्नुका साथै बालबालिका सुरक्षित साथ विद्यालय पुगेको वा घर फर्किएको सुनिश्चित गर्ने गर्दछ।

एप्लिकेसनबारे थप जानकारी दिँदै कम्पनीले उल्लेख गरेको छ– ‘प्रत्येक अभिभावकले आफ्ना बच्चाहरुको सुरक्षाबारे विश्वस्त रहन सकून् र विद्यालय प्रशासनले पनि आफ्ना यातायात प्रणाली पहिले भन्दा धेरै सुरक्षित, स्मार्ट र कुशलतापूर्वक संचालन गर्न सकुन भन्ने कुराको सुनिश्चितता यस एपमार्फत हुँदै आइरहेको छं ।’

विद्यालय प्रशासन तथा अभिभावकलाई लक्षित गरी ल्याइएको यस एप्लिकेसनले स्कूलबसको सुरक्षा तथा सहज व्यवस्थापनमा नयाँ मापदण्ड स्थापित गरेको कम्पनीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad