कारोबार


अटोमोबाइल क्षेत्रमा श्रमिक र रोजगारीको माग पूरा गर्ने सहमति

अटोमोबाइल क्षेत्रमा श्रमिक र रोजगारीको माग पूरा गर्ने सहमति

नेपालखबर
माघ २२, २०८१ मंगलबार १८:३६, काठमाडौँ

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभीटी) र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (एनएडीए)बीच अटोमोबाइल क्षेत्रमा श्रमिक र रोजगारीको माग पूरा गर्ने सहमति भएको छ।

मंगलबार दुई संस्थाका प्रतिनिधिहरुबीच नेपालको अटोमोबाइल क्षेत्रमा कुशल श्रमिक र रोजगारीको बढ्दो माग पूरा गर्न तीनवटा क्षेत्रमा पारस्परिक सहकार्य गर्ने सहमति भएको हो। 

त्यसका लागि आवश्यक पाठ्यक्रम निर्माण, तालिम कार्यक्रम, र रोजगारीका लागि अवसरहरु सृजनागरी आवश्यक सुधार गर्ने, दुवै संस्थाहरुले नेपालको अटोमोबाइल उद्योगहरुको वृद्धिका लागि नविनतम अध्ययन अनुसन्धानलाई अघि बढाउने र यस्तो पारस्परिक सहकार्य मार्फत उद्योगको आवश्यकताहरु र कर्मचारीहरुको क्षमता बीचको खाडल पूरा गर्ने सहमति भएको छ।

त्यसैगरी लेभल १ बाट तालिमको सुरुवात गर्ने र क्रमशः लेभल २ मा जाने तथा आवश्यकताअनुसार पाठयक्रम बनाउने र त्यसका लागि आवश्यक ओरिएन्टेसन दिलाउने र तालिम र पाठ्यक्रम निर्माणका लागि एनएभीटीले एनएडीएसँग सहमति गरी (एमओयू) अघि बढ्ने सहमति भएको नाडाले जनाएको छ। 

उक्त छलफलमा नाडाकातर्फबाट अध्यक्ष करणकुमार चौधरी, उपाध्यक्ष राजनबाबु श्रेष्ठ र महासचिव सुरेन्द्रकुमार उप्रेती समेतको उपस्थित थियो। दुई निकायहरुबीच भएको यस्तो ऐतिहासिक पारस्परिक सहमतिले अटोमोबाइल क्षेत्रमा योग्य र सक्षम श्रमिकहरुको आपूर्तिमा निरन्तरता र सहजता आउने अपेक्षा समेत राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad