सिप्रदी ट्रेडिङले टाटा कर्भ ईभी काठमाडौंमा भित्र्याएको छ।
टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदीले एसयूभी कप डिजाइनको ईभी भन्सारबाट ल्याई परीक्षण गरेको हो।
सिप्रदीले नयाँ मोडलको रुपमा कर्भ ईभी ल्याएको छ। सिप्रदीले ल्याएको गाडीमध्ये यो सबैभन्दा बढी ब्याट्री क्षमताको छ। यसमा ९८ किलोवाट मोटर पावर छ भने ५५ किलोवाट आवरको ब्याट्री छ।
‘विद्युतीय कर्भ ईभी काठमाडौंमा आइपुगेको छ’, सिप्रदीका एक अधिकारीले भने, ‘अहिले टेस्टिङ (परीक्षण) सुरु गर्दै छौँ। फागुन महिनाभित्र सार्वजनिक गर्छौं।’
नेपालमा टाटाले नेक्सन ईभी, टियागो ईभी, पञ्च ईभीपछि कर्भ नेपाली बजारमा ल्याएको हो। भारतमा टाटा कर्भ ईभी २ वटा ब्याट्रीको विकल्पमा दिइएको थियो। नेपालमा ५५ किलोवाट आवरको ब्याट्रीमा उपलब्ध हुने ती अधिकारीको भनाइ छ।
उनका अनुसार टाटाको कर्भ ईभीको रेन्ज ४३० किमिदेखि ५०० किमिसम्म हुनेछ। आधुनिक डिजाइनको इन्टेरियर कर्भ ईभी डुअल टनमा छ। यसमा १२.३ इन्चको इन्फोटेनमेन्ट सिस्टम र १०.२५ इन्चको ड्राइभर डिस्प्ले छ।
सुरक्षा फिचर्समा एन्टिलक ब्रेकिङ सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल छ भने अधिकतम गति १६० प्रतिकिलोमिटर छ।
Shares

प्रतिक्रिया