कारोबार


जनकपुरमा सार्वजनिक भए टाटाका नयाँ गाडी

जनकपुरमा सार्वजनिक भए टाटाका नयाँ गाडी

नेपालखबर
फागुन २६, २०८१ सोमबार १९:२३, काठमाडौँ

सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटाको नेपालमा हालै लन्च भएको कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा सफारी जनकपुरमा लन्च  गरेको छ।

जनकपुरस्थित गिरिजा अटोमोवाइलमा बहुप्रतीक्षित गाडीहरु कर्भ ईभी, नेक्सन के३ र टाटा सफारी लन्च गरिएको हो। 

सो कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा. लि.का तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापती, टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानको साथै मारवाडी सेवा समितिका अध्यक्ष निर्मल चौधरीको प्रमुख अतिथित्व  रहेको थियो ।  

सिजापतीले जनकपुरमा टाटाका नयाँ गाडीहरु लन्च गर्न पाउँदा उत्साहित रहेको बताए। 

उनका अनसार अब ग्राहकहरुले टाटाको ईभीहरु २७ लाख ४९ हजारबाट सुरु गरेर ५६ लाख ९९ हजार सम्ममा रोज्न पाउनेछन्। 

इन्ट्री लेभल गाडी  खोजिरहेका ग्राहकले टियागो ईभी रोज्न सक्ने उनको भनाइ छ। त्यस्तै बजेटमा एसयूभीको आनन्द खोज्ने ग्राहकले पन्च ईभी र अलि धेरै र टाढा यात्रा गर्ने ग्राहकले नेक्सन के३ ईभी रोज्न सक्ने उनले उल्लेख गरे। 

प्रिमियम एसयूभीमा लामो दूरी भारतको पटना, दरभंगा यात्रा गरेर फिर्ता आउन चाहने ग्राहकहरुले आज लन्च गरेको कर्भ ईभी टप भेरिएन्ट लिन सक्ने सिजापतीले बताए। 

उनका अनुसार ग्राहकले भारतमा टाटा कम्पनीले राखेको चार्जिङ्ग सुविधाहरुको फाइदा उठाउन सक्नेछन्।        

त्यस्तै  गिरिजा अटोमोवाइलस् का प्रोपाइटर यांदु जैनले जनकपुरमा टाटा ईभीको बढी रेञ्ज भएको गाडीको आवश्यकता थियो र आज कर्भ ईभी र नेक्सन के३ ईभीले त्यो पूरा गरेको बताए।    

जनकपुरमा लन्च सकेर अब टाटाका नयाँ गाडीहरुको रिजनल लन्च वीरगन्जमा हुन लागेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad