जिली होल्डिङ्ग समूहको रिड्डारा आरडी६ ले थाइल्यान्डमा २०२५ को सर्वश्रेष्ठ ईभी पिकअप अवार्ड जितेको छ।
योसँगै कम्पनीले पहिलो इलेक्ट्रिक पिकअपको रूपमा यो सम्मान प्राप्त गर्ने माइलस्टोन बनाएको जनाएको छ।
यो पुरस्कार आरडी६को नवप्रवर्तन र दिगोपनामा विश्वास थप्दै यसलाई नयाँ ऊर्जा पिकअप क्षेत्रमा अग्रणी बनाउने कम्पनीको दाबी छ।
नेपालमा रिड्डारा आरडी६ लाई २०२४ को नाडा अटोशोमा लन्च गरिएको थियो, जहाँ यसले ग्राहकहरुको राम्रो प्रतिक्रिया पाएको थियो।
यो गाडी नेपालमा सीजी मोटर्सले ल्याएको हो। जिलीको राडार ब्रान्डअन्तर्गत विकास गरिएको आरडी६ मल्टिप्लेक्स अट्याच्ड आर्किटेक्चर (म्याप) मा निर्माण गरिएको छ। जुन सस्टेनेबल एक्सपिरियन्स आर्किटेक्चर (सी) प्लेटफर्ममा आधारित छ।
२०० किलोवाट पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर रहेको यस गाडीले २७२ पीएस र ३८४ एनएम टर्क जेनेरेट गर्दछ।
यसमा ६३ किलोवाट घण्टा लिथियम आयरन फॉस्फेट ब्याट्री छ। यसले ३७७ किमि रेन्ज दिन्छ। गाडीमा ७.२ किलोवाट एसी चार्जिङ सुविधा छ। यसले साढे ९ घण्टामा शून्यबाट १०० प्रतिशत चार्ज हुन्छ। यसमा भेहिकल-टु-लोड सिस्टम छ जसले ६ केडब्लुसम्मको बाह्य उपकरणलाई शक्ति प्रदान गर्न सक्छ।
२२५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ जुन आइस पिकअपहरूभन्दा २० प्रतिशत बढी हो।
गाडीमा १२ सय लिटर कार्गो स्पेस छ। पिकअपमा लेदर-र्याप्ड स्टेयरिङ ह्विल, लेदरटे सिटहरू, १२.३ इन्चको इन्फोटेनमेन्ट स्क्रिन र १०.२५ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टरजस्ता प्रिमियम इन्टेरियर्स छन्।
५२६० एमएम लम्बाइ, १९०० एमएम चौडाइ र १८६५ एमएम उचाइको यस गाडीको ह्विलबेस ३१२० एमएम छ। पिकअपमा म्याकफर्सन स्ट्रट (अगाडि) र मल्टि-लिंक (पछाडि) छ।
नेपालभर २२ सर्भिस सेन्टरहरुसहित सीजी मोटर्सले उत्कृष्ट बिक्रीपछिको सेवा र स्पेयर पार्ट्सको पहुँच सुनिश्चित गरेको छ। त्यसैगरी, २४० प्लस चार्जिङ स्टेसनहरूसँग रिड्डारा आरडी६ले नेपालमा सहज रुपमा चार्जिङको सुविधा पाउने कम्पनीले जनाएको छ।
Shares

प्रतिक्रिया