कारोबार


नेपालभरका शोरुममा टाटा मोटर्सको ‘कलरफुल एक्सचेन्ज’ योजना

नेपालभरका शोरुममा टाटा मोटर्सको ‘कलरफुल एक्सचेन्ज’ योजना

नेपालखबर
चैत ५, २०८१ मंगलबार १२:५९, काठमाडौँ

नेपालका लागि टाटा मोटर्सको एक मात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले कलरफुल एक्सचेन्ज आयोजना गरिरहेको छ।

बुधबारसम्म आयोजना हुने यस कार्यक्रममा जुनसुकै ब्रान्डका पुराना गाडीहरु नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त ईभी गाडीहरुसँग गाडीहरु साट्न सकिनेछ।

यो एक्सचेन्ज क्याम्प मार्च १९ तारिखसम्म टाटा मोटर्सको देशैभर रहेका शोरुमहरुमा आयोजना भइरहेको छ।

यस एक्सचेन्जमा सहभागी भएर ग्राहकहरुले इन्ट्री लेबलमा नेपालको सर्वाधिक रुचाइएको टियागो ईभी, कम बजेटमा एसयूभीको आनन्द दिने पन्च ईभी, अझै धेरै यात्रा गर्नेहरुको लागि नेक्सन के३ ईभी र प्रिमियम एसयूभी कुपे कर्भ ईभीमा आकर्षक डिलहरु पाउन सक्नेछन्।    

यस कलरफुल एक्सचेन्ज कार्यक्रममा गाडी किन्ने ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, सिप्रदीको चार्जिङ्ग नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ्ग, १ वर्षको सवारी कर, एक्सेसरिज र हरेक बुकिङ्गमा आकर्षक गिफ्ट प्राप्त गर्नेछन्।

यस कार्यक्रमको अवसरमा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन्। साथै, नयाँ गाडी खरिद गरेर भरपुर फाइदा उठाउन कम्पनीले अनुरोध समेत गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad