नेपालमा पहिलोपटक टाटा अल्ट्रा ग्रिज सार्वजनिक भएको छ। सिप्रदी अटो पार्ट्स प्रालिले उक्त ग्रिज नेपाल भित्र्याएको हो।
सिप्रदी अटो पार्ट्स टाटा मोटर्सले उत्पादन गर्ने टाटा जेनुइन पार्ट्स र टाटा मोटर जेनुइन आयलको नेपालका लागि एकमात्र आधिकारिक वितरक रहेको छ।
सुर्खेतस्थित होटेल सिद्धार्थमा मंगलबार आयोजित त्यस क्षेत्रका मोटर पार्ट्स व्यवसायीहरु र मेकानिक्सहरुको भेलामा उक्त प्रडक्ट लन्च गरिएको थियो।
कार्यक्रममा सिप्रदी अटो पार्ट्सका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी, टाटा मोटर्सका टेरिटोरी पार्ट्स म्यानेजर मयंक मिश्रा र ट्रेड युनियन कांग्रेस कर्णाली प्रदेशका अध्यक्ष गोपाल गिरीले ग्रिज संयुक्त रुपमा सार्वजनिक गरेको कम्पनीले जनाएको छ।
टाटा मोटर्सद्वारा उत्पादित उच्च गुणस्तरको लिथियम बेस्ट मल्टीपर्पोज अल्ट्रा ग्रिज ८० हजार किलोमिटरसम्म सर्भिस लाइफ भएको, अत्यधिक प्रेसरमा पनि उत्कृष्ट प्रदर्शन गर्न सक्ने, दीर्घकालीन उपयोग अवधि भएको, अटोमोटिभ र इन्डस्ट्रियल दुवै क्षेत्रमा उपयोग गर्न सकिने, घर्षणबाट हुने क्षतिबाट बचाउन उपयोगी रहेको कम्पनीको दाबी छ।
यो ग्रिज नेपाली बजारमा सर्वत्र सुपथ मूल्यमा उपलब्ध गराउने बुढाथोकीले बताए।
Shares

प्रतिक्रिया