कारोबार


पोखरामा सार्वजनिक भए टाटाका नयाँ ईभीहरू

पोखरामा सार्वजनिक भए टाटाका नयाँ ईभीहरू

नेपालखबर
चैत १५, २०८१ शुक्रबार १२:४६, काठमाडौँ

सिप्रदी ट्रेडिङ्गले पोखरामा टाटा मोटर्सका नयाँ इलेक्ट्रिक गाडी कर्भ.ईभी एसयुभी कूपे र नेक्सन के३.ईभी सार्वजनिक गरेको छ।

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदीले चैत १७ सम्म चल्ने “वाडा अटो शो–२०२५“को अवसरमा ती गाडीहरू सार्वजनिक गरेको हो। 

पोखरा महानगर प्रमुख धनराज आचार्य, सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठ, सीओओ राजेश प्रसाद गिरी,  प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सावन्त जंग सिजापती, टाटा मोटर्स रिजनल कस्टमरकेयर (दक्षिण एसिया) हेड रनधीर कुमार चौधरी, र टाटा मोटर्स कन्ट्री म्यानेजर प्रसन्न रङ्गनाथन  ले संयुक्त रुपमा नयाँ ईभीहरु सार्वजनिक गरेका हुन्। 

नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)को संयुक्त आयोजनामा पोखरामा ‘वाडा अटो शो–२०२५’को आयोजना भएको हो ।

टाटा नेक्सन के३ इभीमा १९० मिमि ग्राउन्ड क्लियरेन्स, ६ एयरब्याग, ३६०–डिग्री क्यामेरा, १२–इन्च टचस्क्रिन जस्ता विशेषताहरू रहेका छन्। यसले नेपाली भौगोलिक अवस्थाअनुरूप सहज यात्रा दिने विश्वास गरिएको छ। यस गाडीको सुरुवाती मूल्य ४८.९९ लाख रुपैयाँ तोकिएको छ।

त्यसैगरी कर्भ ईभीमा ५५ किलोवाट आवरको ब्याट्री प्याक र ९८ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर रहेको छ। ५०० लिटरको बुटस्पेस र १८६ एमएमको ग्राउन्ड क्लियरेन्स भएकोले नेपाली बाटोमा सजिलै आरामदायी यात्रा गर्न सकिने कम्पनीको भनाइ छ। जसको टप भेरियन्टको मूल्य ५६.९९ लाख रुपैयाँ छ।

यसमा एडीएएस लेभल २ को क्षमता रहेको छ, जसमा ६ वटा एयरब्याग, अल–ह्विल डिस्कब्रेक, अटोहोल्ड, हिलस्टार्ट डिसेन्ट असिस्ट, ३६० डिग्री क्यामेरा, आइ–भीबीएससहितको इएसपी रहेको कर्भ.ईभीले सुरक्षा र आराम दुवैको स्तरलाई बढाउँछ। गाडीमा ३१.२४ सेन्टिमिटरको सिनेमाटिक टच स्क्रिन इन्फोटेन्मेन्ट, २६.०३ सेन्टिमिटरको डिजिटल ककपिट, भ्वाइस–असिस्टेड पानोरामिक सनरूफ, एम्बियन्ट लाइटिङ, भेन्टिलेटेड सिटजस्ता विशेषताहरू छन्।

इच्छुक ग्राहकहरुले जारी वाडा अटो शो को स्टिल नम्बर (ए३) मा टाटाका कर्भ.ईभी र नेक्सन के३.ईभी अवलोकनका साथै बुकिङ गर्न सक्नेछन्। यसअघि सिप्रदीले पूर्वदेखि पश्चिमसम्म नयाँ ईभीहरु सार्वजनिक गर्दै वाडा अटो शो–२०२५ लाई लक्षित् गर्दै पोखरामा सार्वजनिक गरेको हो। यसरी, नयाँ प्रविधि र सुविधासम्पन्न इलेक्ट्रिक गाडीहरूले नेपाली उपभोक्ताको ध्यान आकर्षित गर्ने अपेक्षा सिप्रदी ट्रेडिङ्गले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad