कारोबार


लिपमोटर टी०३को डेलिभरी भोलिदेखि सुरु हुने

लिपमोटर टी०३को डेलिभरी भोलिदेखि सुरु हुने

नेपालखबर
चैत १९, २०८१ मंगलबार १७:५०, काठमाडौँ

नेपालका लागि लिपमोटर गाडीको आधिकारिक एकमात्र आयातकर्ता साङ्ग्रिला मोटर्स प्रा. लि.ले नयाँ लिपमोटर टी०३ को डेलिभरी बुधबारबाट औपचारिक रूपमा सुरू भएको घोषणा गरेको छ।

लिपमोटर टी०३ले अत्यधिक मात्रामा बुकिङ पाएको कम्पनीले जनाएको छ।

यो गाडीमा स्मार्ट प्रविधि, प्रभावशाली रेन्ज, र उचित मूल्यका साथ, टी०३ सहरी ईभी ड्राइभिङलाई नयाँ परिभाषा दिने कम्पनीको भनाइ छ। 

२८.९९ लाख रुपैयाँदेखि सुरू हुने लिपमोटर टी०३ मा ३७.३ किलोवाट आवर ब्याट्री छ। यसको डब्लुएलटीपी रेन्ज अर्बन साइकलमा ३९५ किमि छ। यसमा लेभल २ एडभान्स्ड लिप पाइलट ड्राइभर एक्टिभ सेफ्टी असिस्टेन्स प्रणाली पनि समावेश गरिएको छ। यसले स्मार्ट र सुरक्षित ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।

“यही आइतबारबाट पहिलो चरणको डेलिभरी सुरु भइसकेको छ, र हामी हाम्रा ग्राहकहरूलाई लिपमोटर टी०३ प्रदान गर्न उत्साहित छौं। यो इभी कम्प्याक्ट तर फिचरले भरिएको छ”, साङ्ग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad