कारोबार


बीवाईडीमा अब वारेन्टी परिमार्जन, थप वारेन्टी पाइने

बीवाईडीमा अब वारेन्टी परिमार्जन, थप वारेन्टी पाइने

नेपालखबर
बैशाख ३, २०८२ बुधबार १७:२६, काठमाडौँ

बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले नेपालमा बिक्री भएका सबै बीवाईडी इलेक्ट्रिक भेइकल (ईभी) मा व्यापक विस्तारित वारेन्टी नीति लागू गर्ने भएको छ।

कम्पनीले कम्प्रिहेन्सिभ एक्सटेन्डेड वारेन्टी नीति लागू गर्ने घोषणा गरेको हो। ईभीको आफ्टर सेल्स सपोर्टका क्षेत्रमा यो उद्योगकै नयाँ बेन्चमार्क बन्ने कम्पनीको दाबी छ। 

बीवाईडीका एड्भान्स्ड इलेक्ट्रिक भेइकल टेक्नोलोजीमा उपलब्ध ग्राहक सन्तुष्टि र आत्मविश्वासको अटल प्रतिबद्धतालाई अझै बढाउन कम्पनीले नयाँ वारेन्टी उपलब्ध गराउन लागेको कम्पनीले जनाएको छ।

सो वारेन्टीअन्तर्गत ब्याट्री वारेन्टी पाइनेछ। यसमा पहिले उपलब्ध ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टीलाई बढाएर १० वर्ष वा २ लाख किलोमिटर पुर्‍याइएको छ। यो ईभी उद्योगकै सबैभन्दा लामो वारेन्टी कभरेज हो। 

त्यसैगरी मोटर वारेन्टी पाइनेछ। यसअनुसार ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरबाट बढाएर १० वर्ष वा २ लाख किलोमिटर पुर्‍याइएको छ। यसले ग्राहकहरुमा लामो समयसम्म मानसिक शान्ति सुनिश्चित गर्ने कम्पनीको भनाइ छ। 

यसबाहेक होल भेइकल वारेन्टी पनि दिइनेछ। यसमा लाइट, टायर प्रेसर मोनिटरिङ मोड्युल, सस्पेन्सन र बल ज्वाइन्ट लगायतका कम्पोनेन्टमा हाल उपलब्ध ४ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी बढाएर ५ वर्ष वा १ लाख २५ हजार किलोमिटर पुर्‍याइएको छ। 

त्यसैगरी जनरल भेइकल पार्ट्स वारेन्टी पनि दिइने कम्पनीले जनाएको छ। यसअन्तर्गत अन्य कन्जुमेबल तथा आयल, चार्जिङ इक्विपमेन्ट, गिफ्ट र रेफ्रिजेरेटरलगायतका विभिन्न पार्ट्सबाहेकका सबै भेइकल पार्ट्समा रहेको ६ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टीलाई बढाएर ७.५ वर्ष वा १ लाख ८७ हजार ५ सय किलोमिटर पुर्‍याइएको छ।

यो एक्सटेन्डेड वारेन्टी नीतिले बीवाईडी ईभीको टिकाउपना, राम्रो पर्फमेन्स र विश्वसनीयताप्रतिको बलियो विश्वासलाई झल्काउँछ। ग्राहकलाई एउटा विश्वासको अनुपम भावना र दीर्घकालीन आश्वासन प्रदान गर्ने गरी यसको डिजाइन गरिएको छ, जसले ईभीको अपनत्वलाई एउटा तनावरहित अनुभव प्रदान गर्नेछ। 

साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले भने, ‘हाम्रो यो एक्सटेन्डेड वारेन्टीले बीवाईडीको अत्याधुनिक विद्युतीय सवारी प्रविधिप्रति हाम्रो दृढ विश्वास र हाम्रा ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता झल्काउँछ। विद्युतीय सवारीतर्फको रुपान्तरण तीव्र गतिमा अगाडि बढिरहेको समयमा, यो पहलले हाम्रा ग्राहकहरूमाझ दीर्घकालीन विश्वास र निष्ठा निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने हामीले विश्वास लिएका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad