कला


राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहाः अवतार’को ‘अच्छा लेकिन’ गीत सार्वजनिक

राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहाः अवतार’को ‘अच्छा लेकिन’ गीत सार्वजनिक

नेपालखबर
बैशाख ३, २०८२ बुधबार १७:३१, काठमाडौँ

जेठको ९ गतेबाट प्रदर्शन हुने फिल्म ‘नरसिंहाः अवतार’मा समावेश ‘अच्छा लेकिन लन्डनको चिसोले समाउला’ बोलको सार्वजनिक भएको छ।

फिल्म ‘दैव संजोग’मा समावेश गरिएको यो गीत रिक्रियट गरेर सार्वजनिक गरिएको हो।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यो गीत सार्वजनिक गरियो। यो गीतको ओर्जिनल भर्सनमा गायक शम्भुजित बास्कोटा र गायिका देविका बन्दनाको स्वर थियो। रिक्रियट भर्सनमा शम्भुजित र गायिका रचना रिमालले स्वर दिएका छन्। गीतमा शम्भुजितकै शब्द तथा संगीत छ।

कविराज गहतराजले कोरियोग्राफी गरेको यो गीतको भिडिओलाई राजु विक्रम थापाले खिचेका हुन्। गीतको भिडियोको सम्पादन साहिल खानले गरेका हुन्।

गीतको भिडिओमा मुख्य कलाकारहरु राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, दीपा शाही, उषा खड्गी र बाल–कलाकारहरु एभेलिना खड्का र समाइरा थापाको नृत्य देख्न सकिन्छ। गीतको भिडिओलाई कविराजले गज्जबसँग कोरियोग्राफी गरेका छन्।

फिल्ममा नीर शाह, अर्जुन श्रेष्ठ, रमेश चन्द सोडारी, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, प्रकाश जंग कुँवर, प्रभु श्रेष्ठ, अमित गिरी, माइकल घिमिरे, सरोज शाह, किशोर भट्ट, टार्जन लगायतका कलाकारहरुको पनि अभिनय छ।

चन्द्र पन्तको कथा रहेको फिल्ममा राजु तामाङको एक्सन निर्देशन छ। दिवाकर भट्टराइको लेखन तथा निर्देशन रहेको फिल्ममा क्रियटिभ सिने आर्टस्को लागि नेम महर्जनको लगानी छ । साथै, फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको पनि लगानी छ।

नायक राजेश हमालको ८ वर्षपछिको कमब्याक फिल्म भएका कारण पनि यो फिल्मको चर्चा निकै छ। यो गीतले फिल्मको हाइप अझै उच्च बनाउने विश्वास गर्न सकिन्छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad