कला


दश दिनमा दुई लाख ६० हजार दर्शकले हेरे ‘गौँथली’, कति पुग्यो कमाइ?

दश दिनमा दुई लाख ६० हजार दर्शकले हेरे ‘गौँथली’,  कति पुग्यो कमाइ?

नेपालखबर
साउन ११, २०८३ सोमबार १२:५९, काठमाडौँ

साउन संक्रान्तिमा रिलिज भएको फिल्म ‘गौँथली’ ले बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ।

चलचित्र विकास बोर्डको तथ्यांकअनुसार, यस फिल्मले सात करोड ४२ लाख ७३ हजार ८५१ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। जुन १० दिनको अर्थात आइतबारसम्मको कमाइ हो। 

यो अवधिमा फिल्मलाई दुई लाख ६० हजार २५४ दर्शकले हेरेका छन्। अरुण क्षेत्री र सिम्रन खड्का अभिनीत फिल्मले पहिलो सातादेखि नै दर्शकको उत्साहजनक साथ पाइरहेको छ। 

डा. भोला रिजालको कथा रहेको फिल्मले दोस्रो सातामा ठूलो छलाङ मारेको छ। शनिबार मात्रै यस फिल्मले एक करोड ८० लाखभन्दा बढीको कमाइ गरेको छ। जुन यो फिल्मको प्रदर्शनयताकै उच्च कमाइ हो। साथै यस वर्षको सबैभन्दा धेरै एकदिने कमाइ हो।

यस फिल्मको कथा मुख्य पात्र गौँथली (सिम्रन खड्का) जीवन वरिपरि घुम्छ। गौँथली जो पढेर आत्मनिर्भर बन्न चाहन्छिन्। तर, बाध्यताले बिहे गरेर उनले अर्को घर जानुपर्ने हुन्छ।

त्यहाँ पुगेपछि आफूले बिहे गरेको व्यक्ति फरक क्षमता अर्थात् अटिज्म भएको थाहा पाउँछिन्। अब समाजको दायराभित्रै बाधिएकी गौँथलीले कसरी संघर्ष गर्छिन्रु यही नै ‘गौँथली’को मूल कथा हो। 

फिल्ममा अरुण र सिम्रनसहित मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायतको अभिनय छ। 

फिल्मको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad