कारोबार


साइमेक्स इंकले ल्याएको ०–५–१० अभियानमा ग्राहकलाई यस्ता सुविधा

साइमेक्स इंकले ल्याएको ०–५–१० अभियानमा ग्राहकलाई यस्ता सुविधा

नेपालखबर
बैशाख १०, २०८२ बुधबार १४:५, काठमाडौँ

नयाँ वर्ष २०८२ को अवसरमा बीवाईडी अटो इन्डष्ट्रीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले ग्राहक केन्द्रित अभियान ०–५–१० को घोषणा गरेको छ। 

सीमित समयका लागि प्रदान गरिने नयाँ वर्ष अफरअन्तर्गत बीवाईडी गाडी बुक गर्ने ग्राहकहरुले निम्न विशेष सुविधा प्राप्त गर्ने कम्पनीले जनाएको छ। 

यसमा ५ वर्षसम्म शून्य सर्भिसिङ मूल्यको सुविधा ग्राहकले पाउनेछन्। यसअन्तर्गत ग्राहकले निःशुल्क स्ट्यान्डर्ड वार्षिक मर्मत प्याकेज प्राप्त गर्नेछन्। जसमा लेवर, एसी फिल्टर, ब्रेक प्याड, वाइपर ब्लेड, ट्रान्समिसन आयल, ब्रेक आयल, एलभी ब्याट्री, कुलेन्टलगायतका कन्जुमेबल समावेश हुनेछ। कम्पनीले सिफारिस गरेको सर्भिस तालिकाअनुसार पाँच वर्षसम्मका लागि यो सुविधा उपलब्ध हुनेछ। 

त्यसैगरी १० वर्ष वा २ लाख किलोमिटरको एक्सटेन्डेड वारेन्टीको सुविधा पनि अभियानमा छ।

यसअनुसार प्रत्येक ग्राहकले ब्याट्री र मोटरमा १० वर्ष वा २ लाख किलोमिटरमध्ये जुन पहिले आउँछ, त्यही वारेन्टी सुविधाको फाइदा पाउनेछन्। यो ईभी उद्योगमै सबैभन्दा धेरै पाइने वारेन्टी हो। 

यो विशेष ०–५–१० अभियान यही वैशाख ३१ सम्म गाडी बुकिङ गर्ने ग्राहकका लागि उपलब्ध हुनेछ र बीवाईडीका नेपालभर उपलब्ध सबै मोडलमा लागू हुने कम्पनीले उल्लेख गरेको छ।

साइमेक्स इंकका नेसनल सेल्स हेड आशुतोष गौतमले भने, ‘नयाँ वर्षमा पदार्पण गर्दै गर्दा हामीले हाम्रा ग्राहकका साथ कार मात्र नभई एक दशकसम्मको एस्योरेन्सर र केयर समेतको उत्सव मनाउन चाहन्छौँ। ०–५–१० अभियान एउटा अफर मात्र होइन, यो सफा, दिगो इलेक्ट्रिक मोबिलिटीतर्फ नेपालको संक्रमणका लागि हाम्रो दीर्घकालीन प्रतिबद्धताको प्रतिविम्ब पनि हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad