कारोबार


लक्ष्मी इ–मोबिलिटी र जीओ अटोमोबाइल्सले पाए ‘मोस्ट प्रमिसिङ पार्टनर’ अवार्ड

लक्ष्मी इ–मोबिलिटी र जीओ अटोमोबाइल्सले पाए ‘मोस्ट प्रमिसिङ पार्टनर’ अवार्ड

नेपालखबर
बैशाख १७, २०८२ बुधबार १४:१५, काठमाडौँ

केयी मोटर्सका आधिकारिक बिक्रेताद्वय लक्ष्मी इमोबिलिटी प्रालि र जिओ अटोमोबाइल्स प्रालिले चीनको यिबिनमा आयोजित ‘केयी अटो ग्लोबल बिजनेस कन्फरेन्स’मा ‘मोस्ट प्रमिसिङ पार्टनर’ अवार्ड पाएका छन्। 

वितरण सञ्जालमा रहेका ५० क्षेत्रीय वितरकमध्ये शीर्ष प्रस्तुति दिनेमा दुई कम्पनी परेका हुन्। यसले नेपाली बजारमा कम्पनीहरुको प्रभावकारी उपस्थितिलाई देखाएको छ। 

सम्मेलनमा आन्तरिक छलफल, रणनैतिक सञ्जाल र उत्साहप्रद विश्व साझेदारीजस्ता अन्तर्राष्ट्रिय सहकार्यलाई उत्सवका रुपमा मनाइएको थियो। 

दुवै कम्पनीले केयी सवारीसाधनलाई नेपाली बजारमा प्रवर्द्धन गरेको कारण यो अवार्ड पाएका हुन्। 

योसँगै केयी नेपालले यी दुई वितरक कम्पनीमार्फत नयाँ मोडल सार्वजनिक गर्ने तयारी समेत गरेको छ। अब आउने नयाँ मोडलमा उन्नत फिचर, उत्कृष्ट प्रस्तुतिजस्ता विशेषता हुनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad