केयी एक्सचेनज कार्निभलको समय १ दिन थप भएको छ।
यसअघि यही वैशाख २६ देखि २८ गतेसम्मका लागि घोषणा गरिएको कार्निभल अब भोलिसम्म थप भएको हो।
ग्राहकहरुले असाध्यै रुचाएको भन्दै केयी नेपालले थापाथलीमा जारी कार्निभल २९ वैशाखसम्म थप भएको बताएको छ।
कार्निभलमा कम्पनीका लाइनअपहरु इक्युट ०२, इक्युट ०४ र एक्स३ प्रो ईभी एक्सचेन्ज गर्न सकिनेछ।
ग्राहकले कार्निभलमा तत्कालै आफ्ना गाडीको उच्च मूल्यांकन, नगद छुट र हरेक भ्यालुएसनमा क्यूएफएक्स मुभी टिकट निःशुल्क पाउनेछन्।
यसबाहेक छनोट भएका मोडलहरुमा ग्राहकले उपयुक्त बीमा, सडक दस्तुर र एक्सचेन्ज बोनस समेत पाउनेछन्।
इक्युटको हरेक बुकिङमा ग्राहकले बोस्क जेट कार वासर र एक्स३ प्रोको बुकिङमा बोस्ककै वासिङ मेसिन पाउनेछन्।
कार्निभलमा पारिवारिक मनोरञ्जन, खेल र सांगीतिक कार्यक्रम समेत आयोजना गरिनेछन्।
एक्स३ प्रो एसयूभीको सुरुवाती मूल्य ४३ लाख ९६ हजार रहेको छ। ग्राहकले यसमा ६.०५ लाखसम्म कुल लाभ पाउने कम्पनीले जनाएको छ।
कार्निभलमा कुनै पनि ब्रान्डका सवारीसाधन माथिको मोडलहरुसँग एक्सचेन्ज गर्ने सुविधा पाइनेछ।
Shares

प्रतिक्रिया