कारोबार


बुटवल–भैरहवामा सार्वजनिक भयो क्रेटा ईभी, ३० वटा बुकिङ, १० वटा हस्तान्तरण

बुटवल–भैरहवामा सार्वजनिक भयो क्रेटा ईभी, ३० वटा बुकिङ, १० वटा हस्तान्तरण

नेपालखबर
जेठ १, २०८२ बिहिबार १७:२३, काठमाडौँ

हुन्डाई नेपालले हुन्डाई क्रेटा ईभी बुटवल र भैरहवामा पनि सार्वजनिक गरेको छ। 

हुन्डाईको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बुटवल–भैरहवा क्षेत्रमा नयाँ क्रेटा ईभी सार्वजनिक गरेको हो। 

सो कार्यक्रममा ग्राहकहरुले क्रेटा ईभीप्रति राम्रो ‘क्रेज’ देखाएको कम्पनीले जनाएको छ।

गत वैशाख ३१ गते सिद्धि विनायक मोटो कर्प प्रालि बुटवल र जगत मोटर्स प्रालि भैरहवा (हुन्डाईको आधिकारिक डिलर) को संयुक्त आयोजनामा बोधिभिल्ला मणिग्राममा विशेष भेटघाट कार्यक्रम गरेको थियो। 

सोही कार्यक्रममा क्रेटा ईभीसहित हुन्डाईका अरु नयाँ मोडलहरु पनि प्रदर्शन गरिएको थियो।  सोही कार्यक्रममा ३० भन्दा बढी क्रेटा ईभी बुकिङ भएको कम्पनीले जनाएको छ। 

उक्त कार्यक्रमस्थलबाटै कम्पनीले १० वटा क्रेटा ईभी ग्राहकलाई हस्तान्तरण समेत गरेको जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad