डोङफेङ नामीले उत्पादन गरेको विद्युतीय सवारी मोडल जेएफ-एस३ हालसम्म १२ हजार बढी युनिट बिक्री भएको छ।
४० भन्दा बढी देश तथा क्षेत्रहरूमा निर्यात गरेको कम्पनीले उल्लेख गरेको छ।
सन् २०२४ को डिसेम्बरदेखि युरोपमा डेलिभरी सुरु भएपछि जेएफ-एस३ ले युरोपेली बजारमा उल्लेखनीय उपस्थिति जनाउँदै आएको कम्पनीको भनाइ छ।
जनवरी महिनामा नेदरल्यान्ड्समा चिनियाँ ब्रान्डमध्ये जेएफ-एस३ सबैभन्दा बढी बिक्री भएको इभी बनेको थियो। यसमा करिब ३०० युनिट डेलिभर गरिएको थियो।
डिलरहरूका अनुसार यस मोडलले युरोपेली उपभोक्ताहरूको स्थान उपयोग र सवारी अनुभवका अपेक्षाहरूलाई सन्तुलित ढंगले सम्बोधन गरेको छ, जसले अर्डरहरू अनुमानभन्दा उच्च दरमा वृद्धि गराएको हो।

नर्वेमा विद्युतीय सवारीको प्रयोग विश्वमै सर्वाधिक छ। यो मोडलले नर्वेमा पहिलो महिनामै १०० भन्दा बढी अर्डर प्राप्त गरेको कम्पनीले उल्लेख गरेको छ।
यसैगरी चेक गणतन्त्रमा यसले आफ्नो सेग्मेन्टमा अग्रणी बजार हिस्सा हासिल गरेको छ भने लाट्भियामा चिनियाँ इभीहरूमध्ये सबैभन्दा उच्च १० प्रतिशत बजार हिस्सासहित नयाँ कीर्तिमान स्थापित गरेको कम्पनीको भनाइ छ।
कम्पनीले हालै सार्वजनिक गरेको नयाँ मोडल जेएफ-०६ ले पनि अन्तर्राष्ट्रिय बजारको ध्यान खिचेको छ।
Shares

प्रतिक्रिया