कारोबार


नेपालमा आयो बीएमडब्ल्यू आईएक्स२ इलेक्ट्रिक एसएभी, यस्ता छन् फिचरहरू

नेपालमा आयो बीएमडब्ल्यू आईएक्स२ इलेक्ट्रिक एसएभी, यस्ता छन् फिचरहरू

नेपालखबर
जेठ २६, २०८२ सोमबार १६:४९, काठमाडौँ

बीएमडब्ल्यूको नेपालमा आधिकारिक आयातकर्ता तथा डिलर लक्ष्मी प्रिमियम मोटर्सले नयाँ बीएमडब्ल्यू आईएक्स२ एसएभी (स्पोर्ट्स एक्टिभिटी भेहिकल) सार्वजनिक गरेको छ। 

कम्पनीले बीएमडब्ल्यू आईएक्स२ इड्राइभ२० नेपालमा सार्वजनिक गरेको हो। 

गाडीको अधिकतम १५० केडब्ल्यू/२०४ एचपी शक्ति जेनेरेट गर्छ। यसको रेन्ज ४३० देखि ४७५ किमिसम्म रहेको कम्पनीले उल्लेख गरेको छ। 

कम ऊर्जा खपत (प्रति १०० किमि १७.२ देखि १५.४ केडब्ल्यूएच) र शून्य उत्सर्जन भएको गाडीले प्रिमियम कम्प्याक्ट एसएभी सेग्मेन्टमा उत्कृष्ट रोजाइ प्रदान गर्ने कम्पनीको भनाइ छ। 

२५० एनएम टर्क उत्पादन गर्ने यो गाडीले ८.६ सेकेन्डमा शून्यदेखि सय किमि/घण्टाको गतिमा पुग्न सक्ने कम्पनीको भनाइ छ। यसको अधिकतम गति १७० किमि प्रतिघण्टा छ। गाडीमा ६६.५ किलोवाट आवर ऊर्जा प्रदान गर्ने हाई भोल्टेज ब्याट्री छ।

चार्जिङको प्रशस्त विकल्प भएको कम्बाइन्ड चार्जिङ युनिटले ११ किलोवाटसम्मको एसी चार्जिङ सपोर्ट गर्छ। छिटो चार्जिङको लागि १३० केडब्ल्यूसम्मको डीसी चार्जिङको सुविधा पनि दिइएको छ। 

गाडीमा मोका रङको भर्नास्का लेदर सिट, प्यानोरामिक ग्लास रुफ, २ जोन अटोमेटिक एसी र १२ स्पिकरको हर्मन कार्डन साउन्ड सिस्टमजस्ता लक्जरी इन्टेरियर फिचरहरु छन्। 

यसमा सुरक्षालाई पनि प्राथमिकतामा राखिएको छ। चालक र यात्रुका लागि एयरब्याग, डाइनामिक ब्रेक कन्ट्रोल (डीबीसी), अटो होल्ड फंक्सनसहितको इलेक्ट्रोमेकानिकल पार्किङ ब्रेक र इन्टिग्रेटेड ब्रेकिङ सिस्टम राखिएका छन्। 

यसबाहेक ड्राइभअफ असिस्टेन्ट र अटेन्टिभनेस असिस्टेन्सले सहरको ट्राफिक र लामो यात्रा दुवैलाई सुरक्षित, सहज र तनावरहित बनाउने कम्पनीको दाबी छ। 

काठमाडौंको तीनकुनेमा रहेको शोरुमबाट लक्ष्मी प्रिमियम मोटर्सले हाल बीएमडब्ल्यू एक्स१, एक्स२, एक्स३, एक्स४, एक्स७, आईएक्स१ (ब्याट्री इलेक्ट्रिक), आईएक्स३ (ब्याट्री इलेक्ट्रिक), फाइभ सिरिज (प्लगइन हाइब्रिड), एक्स५ (प्लगइन हाइब्रिड) र ७ सिरिजजस्ता मोडलहरु उपलब्ध गराइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad