नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड मेनुफेक्चरर्स एसोसिएसन (नाइमा)ले आगामी साउनमा आयोजना गर्ने नेपाल मोबिलिटी एक्स्पो २०२५ को लागि स्टल बाँडफाँट गरिएको छ।
आयोजक नाइमाका अनुसार साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने एक्स्पोमा चारपांग्रे, दुईपांग्रे र व्यावसायिक सवारीसाधन गरी ५० ब्रान्ड सहभागी हुँदै छन्। जसमा कुल ४८ स्टलमध्ये चारपांग्रेलाई २१, दुईपांग्रेलाई १८ र नौवटा स्टल व्यावसायिक सवारीसाधन ब्रान्डलाई प्रदान गरिएको छ।
सबै स्टल बुक समेत भइसकेको नाइमा अध्यक्ष ऋतुसिंह वैद्यले जानकारी दिइन्।
नाइमा नेपाल मोबिलिटी एक्स्पोले परम्परागत प्रदशृनीको ढाँचाहरुमा नवीनता थप्ने उनको भनाइ छ। यो प्रदर्शनीको सबै व्यवस्थापनको जिम्मा मिडिया स्पेस सोलुसन प्रालिले पाएको छ।
यस्ता छन् एक्स्पोमा सहभागी हुने ब्रान्डहरु
चारपांग्रे सवारीतर्फ एक्स्पोमा बीवाईडी, सिट्रोन, फोर्थिङ, ग्रेट वाल मोटर्स, हेनरी भोल्ट्सले सहभागिता जनाउँदै छन्। त्यसैगरी हुन्डाई, केयी, किया, लिपमोटर, एलईभी१, महिन्द्रा, म्याक्सस, माज्डा, एमजी, मित्सुबिसी, निसान, ओमोडा एन्ड जेइको, पुज्यो, प्रोटोन, रेनो, टोयोटा, फक्सवागन र जिकर पनि एक्स्पोमा सहभागी हुनेछन्।
दुईपांग्रेतर्फ एक्स्पोमा एम्पर, एथर, बजाज, बेनेली, सीएफमोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआईयू, रिभोल्ट, रोयल इन्फिल्ड, सेगवे–नाइनबट, सुजुकी, ट्रायम्फ, टीभीएस, अल्ट्राभायलेट, याडिया र जीहोले सहभागिता जनाउने नाइमाले जनाएको छ।
सहभागी व्यावसायिक सवारीसाधन ब्रान्डतर्फ भने चेरी वान्डा, डोङफेङ, फारिजन, हुआजी, कामा, केरी, किंगलङ र सनलोङ सहभागी हुनेछन्।
Shares

प्रतिक्रिया