कारोबार


एमजीको अपग्रेडेड ‘कमेट ईभी’ नेपालमा, के छन् फिचर?

एमजीको अपग्रेडेड ‘कमेट ईभी’ नेपालमा, के छन् फिचर?

नेपालखबर
जेठ २८, २०८२ बुधबार १३:१९, काठमाडौँ

एमजी गाडीको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले नयाँ एमजी कमेट इभी नेपाली बजारमा सार्वजनिक गरेको छ। 

आधुनिक सहरी जीवनशैलीलाई मध्यनजर गरी डिजाइन गरिएको यो इलेक्ट्रिक गाडी अत्याधुनिक प्रविधि, दिगो इञ्जिनियरिङ र उत्कृष्ट सुरक्षाको संयोजनयुक्त रहेको कम्पनीको दाबी छ। 

यसको कम्प्याक्ट आकारमा पर्याप्त स्पेस रहेको छ। एमजीको बिको (भित्र फराकिलो, बाहिर कम्प्याक्ट) डिजाइन दर्शनबाट प्रेरित कमेट इभीमा चार सिट क्षमता छ र बाहिरी रूपमा सानो देखिए पनि भित्री हिस्सा पर्याप्त फराकिलो स्पेस छ। ५०:५० अनुपातमा स्प्लिट भएका पछाडिका सिटहरूले यात्राको आराम बढाउँदै दैनिक यात्रा, सहरी आवागमन र छोटो दूरीका यात्रालाई सहज बनाउने कम्पनीले जनाएको छ। ।

यसमा अपग्रेड गरिएका फिचरहरूमा रियर पार्किङ क्यामेरा र सहरी क्षेत्रमा पार्क गर्न सजिलो बनाउने प्रविधि लगायत छन्। 

त्यस्तै ७ केडब्ल्यूको फास्ट चार्जिङ सुविधा रहेको गाडी ३.५ घण्टामै ० प्रतिशतबाट १०० प्रतिशत चार्ज हुने कम्पनीले उल्लेख गरेको छ। गाडीमा पावर फोल्डेबल साइड मिरर, स्टाइल र स्पेस दुवै ध्यानमा राखिएको डिजाइनको संयोजन छ। 

सक्षम, भरपर्दो र यात्राको लागि तयार कमेट ईभीमा १७.३ किलोवाट क्षमता भएको प्रिज्मेटिक सेल साथ आउने लिथियम आएन ब्याट्री जडित छ। यसले एकपटक चार्ज गर्दा अराइ  प्रमाणित २३० किलोमिटर सम्मको रेन्ज प्रदान गर्छ। 

आईपी ६७ (आईपी६७) रेटिङ भएको यो ब्याट्री धूलो र पानीबाट सुरक्षित छ र ३९ वटा सुरक्षा परीक्षण सफलतापूर्वक पास गरेको छ। कमेट ईभीमा १०.२५” को डुअल स्क्रिन (इन्फोटेन्मेन्ट टचस्क्रिन र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर) को सुविधा छ। यसले भित्री भागलाई अत्याधुनिक र आकर्षक बनाउनुका साथै यसमा दिइएको स्मार्ट कीको सुविधाले ईभीले प्रयोगकर्ताको अनुभवलाई अझ सहज बनाउने कम्पनीले उल्लेख गरेको छ।

एमजी कमेट ईभीमा विभिन्न सुरक्षा फिचरहरू डुअल फ्रन्ट एअरब्याग, एबीएस र ईबीडी, अगाडिको र पछाडिको ३-पोइन्ट सिटबेल्ट, रियर पार्किङ क्यामेरा र सेन्सर, टीपीएमएस (टायर प्रेसर मनिटरिङ सिस्टम - इनडाइरेक्ट), आईएसओएफआईएक्स चाइल्ड सिट एन्करलगायत छन्। 

गाडीको स्ट्रक्चरमा १७ वटा हट-स्ट्याम्पिङ प्यानल प्रयोग गरिएको छ। यसले गाडीको मजबुती र यात्रु सुरक्षामा सहयोग गर्ने कम्पनीले जनाएको छ।

गाडीको ब्याट्रीमा ८ वर्ष वा १ लाख २० हजार किमिको वारेन्टी छ। त्यसैगरी हाई-भोल्टेज कम्पोनेन्टमा ३ वर्ष वा १ लाख किमि वारेन्टी दिइएको छ। 

एमजीका सेवा केन्द्रहरू काठमाडौं (कुसुन्ती, सुकेधारा), भक्तपुर, बिराटनगर, बिर्तामोड, बुटवल, भैरहवा, दाङ, पोखरा, वीरगञ्ज, नेपालगञ्ज र धनगढी जस्ता नेपालका प्रमुख क्षेत्रहरुमा उपलब्ध छन्। चार्जिङ स्टेशनहरू काठमाडौं, बिर्तामोड, बिराटनगर, चितवन, बर्दिबास, सिन्धुली, पोखरा, कुरिनटार, मुलकोट, बुटवल, वीरगञ्ज, इटहरी, जनकपुर र ढल्केवरमा सञ्चालनमा छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad