जगदम्बा मोटर्सले टीभीएसको नयाँ टीभीएस जुपिटर ११० स्कुटर सार्वजनिक गरेको छ।
कम्पनीले एक कार्यक्रमका बीच नयाँ जुपिटर सार्वजनिक गरेको हो।
दुईवटा हेलमेट राख्न मिल्ने ३३ लिटर स्टोरेजयुक्त यो स्कुटरमा आकस्मिक ब्रेक वार्निङ दिने, टर्न सिग्नल ल्याम्प रिसेट र फलो मि हेडल्याम्पलगायतका फिचर समावेश छन्।
डन ब्लु म्याटल रंगमा उपलब्ध यो स्कुटरको सुरुवाती मूल्य २ लाख ५७ हजार ९ सय रुपैयाँ राखिएको छ। डिस्क एसएक्ससी भेरियन्टमा यो स्कुटर टीभीएसका नेपालस्थित सबै आधिकारिक डिलरशिपमा उपलब्ध हुने कम्पनीले उल्लेख गरेको छ।
मनोरञ्जनात्मक प्रस्तुतिसहित अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता प्रदीप खड्कालगायतको उपस्थितिमा नयाँ स्कुटर सार्वजनिक गरिएको थियो।
तस्बिरमा हेर्नुहोस्


















882
Shares

प्रतिक्रिया