कारोबार


एमजी आईएम ६ : यस्ता छन् नेपालकै पहिलो इन्टेलिजेन्ट प्रिमियम इलेक्ट्रिक एसयूभीका मूल्य र विशेषता

एमजी आईएम ६ : यस्ता छन् नेपालकै पहिलो इन्टेलिजेन्ट प्रिमियम इलेक्ट्रिक एसयूभीका मूल्य र विशेषता

प्यारामाउन्ट मोटर्सले एमजी आईएम६ नेपालमा सार्वजनिक गरेको छ (सरोज नेपाल)


नेपालखबर
साउन १५, २०८२ बिहिबार १४:१०, काठमाडौँ

मोरिस गराजेज (एमजी)को नेपालका लागि आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले एमजी आईएम६ नेपालमा सार्वजनिक गरेको छ। 

यसलाई कम्पनीले नेपालकै पहिलो इन्टेलिजेन्ट प्रिमियम इलेक्ट्रिक अर्बान एसयूभीको रुपमा सार्वजनिक गरिएको हो। 

बिहीबार एक कार्यक्रमका बीच एमजी आईएम६ सार्वजनिक गरिएको छ। यो गाडी एआई इन्टेलिजेन्सबाट सञ्चालित रहेको कम्पनीले उल्लेख गरेको छ। यसका अतिरिक्त अत्याधुनिक डिजाइन, बौद्धिक सुविधा र नयाँ प्रविधिले सुसज्जित आईएम ६ ले नेपालको ईभी बजारमा नयाँ मापदण्ड स्थापित गरेको कम्पनीको दाबी छ। 

सार्वजनिक भएसँगै एमजी आईएम ६ अब सबै अधिकृत एमजी डिलरशिपहरुमा टेस्ट ड्राइभ र बुकिङका लागि उपलब्ध समेत भएको कम्पनीले जनाएको छ। लक्जरी, नवप्रवर्तन र लामो रेन्जको क्षमताको सम्मिश्रण यो ईभीमा पाइन्छ। 

प्यारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनिलबहादुर क्षेत्रीले भने, ‘हामी नेपालमा एमजी आईएम६ सार्वजनिक गर्न पाउँदा गर्व गर्छौँ। यो गाडी एसएआईसीको इन्टेलिजेन्स इन मोसनको विश्व दृष्टिकोणलाई प्रतिनिधित्व गर्छ। उत्कृष्ट रेन्ज, एआई असिस्टेड र लक्जरी क्याबिन अनुभवसहित यो केवल ईभी मात्र नभई नेपालका लागि स्मार्ट ड्राइभिङको भविष्य हो।’

यस्ता छन् विशेषता 
आईएम ६ चार मुख्य नवप्रवर्तनबाट सञ्चालित प्रिमियम ड्राइभिङ अनुभव प्रदान गर्ने गरी डिजाइन गरिएको छ। 

यसमा भेहिकल मोसन कन्ट्रोल, उच्चस्तरीय हार्डवेयर र रेनी नाइट मोड र वान टच आईएडीजस्ता एआई सुविधाहरु रहेका छन्। यो गाडीमा ४०० भी प्लेटफर्ममा आधारित आईएम ६ ले उच्च प्रदर्शन, उच्चस्तरीय हार्डवेयर रेनी नाइट मोड र वानटच आईएडीजस्ता फिचरले सुरक्षित यात्रा सुनिश्चित गर्ने कम्पनीले उल्लेख गरेको छ। यसमा सबमरिनबाट प्रेरित संरचनाहरु छन्। 

उच्च शक्ति शक्ति सामग्री र बौद्धिक सुरक्षात्मक प्रणालीहरु प्रयोग गरी यात्रुहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको कम्पनीले जनाएको छ। 

आईएम६ को रेन्ज ५०५ किमि एनईडीसीतर्फ र ४५० किमि डब्लुएलटीपीतर्फ छ। यसमा ७५ किलोवाट आवर एलएफपी ब्याट्री रहेकोले प्रतिघण्टा उच्च गति २०० किमि तथा १०९ केडब्लु हरिकेन मोटरको उच्चतम पावर छ। यसले ४५० एनएम टर्क जेनेरेट गर्छ । २० इन्च एरोडाइनामिक ह्विल्स रहेको गाडीमा अल्ट्रा सफ्ट सिन्थेटिक लेदर सिट र भेन्टिलेटेड वायरलेस चार्जिङ प्याड छ। 

गाडीमा तापरोधक प्यानोरामिक सनरुफ छन् । क्वाल्कम स्न्यापड्रागत ८२९५ बाट सञ्चालित इन्टेलिजेन्ट क्याबिन रहेको गाडीमा २६.३ इन्चको इमर्सिभ टचस्क्रिन, १०.५ इन्चको सेन्ट्रल टचस्क्रिन छ। 

वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो रहेको गाडीको एड्यास (एनभिडिया अरिन एन चिपबाट) सञ्चालित छ। यो गाडीमा आईएम कनेक्टिभिटी, पाँच बाहिरी रंगका विकल्प र २ आन्तरिक रंगका विकल्पहरु दिइएका छन्। 

यसको सुरुवाती मूल्य ७४ लाख ९९ हजार रुपैयाँ रहेको छ।

तस्बिरहरु (सरोज नेपाल)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad