कारोबार


नाइमा एक्स्पोमा निसानको छुट र अफरको वहार (भिडिओ)

नाइमा एक्स्पोमा निसानको छुट र अफरको वहार (भिडिओ)

तस्बिर/भिडिओ: सरोज नेपाल


नेपालखबर
साउन २२, २०८२ बिहिबार २२:५७, काठमाडौँ

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा अवलोकनकर्ताको उल्लेखनीय सहभागिता देखिएको छ।

बुधबारदेखि सुरु भएको नाइमा एक्स्पोको दोस्रो दिन सवारी किन्न तथा सवारीबारे रुचि राख्नेहरु उल्लेखनीय रुपमा सहभागी भएका थिए। 

सवारी मेलाको रुपमा यस वर्षदेखि पहिलो पटक सुरु भएको नाइमा एक्स्पोमा विभिन्न चारपांग्रे तथा दुईपांग्रे ब्रान्डहरुको उपस्थिति छ। 

चाडपर्व सुरु हुनुअघिको एक्स्पोमार्फत सवारी बिक्रेताहरुले आफ्नो ब्रान्डमा आकर्षित गर्न नयाँ उत्पादन ल्याउनेदेखि खरिदमा आकर्षक अफर दिनेसम्मका काम गरिरहेका छन्। 

भिडिओ

निसानका तीन कार, आकर्षक अफर
नाइमा एक्स्पोमा निसानले नयाँ सवारीसाधन नराखे पनि राम्रो सहभागिता जनाएको छ। नेपालका लागि कम्पनीको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले अर्बान, लिफ र म्याग्नाइट राखेको छ। 

यसका अतिरिक्त नाइमा मोबिलिटी एक्स्पोमा कम्पनीले ‘निसान फेस्टिभल डिल’ नामक विशेष छुट योजना सार्वजनिक गरेको छ। 

कम्पनीले अल न्यु निसान म्याग्नाइटमा विभिन्न आकर्षक सुविधाहरूसहितको अफर ल्याएको छ।

योजनाअन्तर्गत, निसान म्याग्नाइट बुक गर्ने ग्राहकहरूले विभिन्न लाभहरू प्राप्त गर्नेछन्। यसमा समावेश हुने लाभहरूमा आकर्षक नगद छुट, नाइमा एक्स्पो विशेष छुट, तीन वर्षसम्मको निःशुल्क सर्भिसिङ, तीन वर्षको वारेन्टी, एक वर्षको निःशुल्क बीमा, निःशुल्क रोड कर र ६ लाख ८० हजार रुपैयाँ डाउनपेमेन्टमा नै खरिद गर्न सकिने सुविधा छ।

ग्राहकहरूले सजिलो फाइनान्सिङका साथ निसान म्याग्नाइट खरिद गर्न सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार उक्त अफरमा उल्लेख गरिएका सबै सुविधाहरू केही शर्तहरूसहित लागू हुनेछन्।

यस्तैगरी, निसान लिफमा ग्राहकहरूले अधिकतम २० लाख १५ हजार रुपैयाँसम्मको फाइदा प्राप्त गर्न सक्ने पनि कम्पनीले जनाएको छ। निसान अर्बानमा शून्य प्रतिशत डाउनपेमेन्टको सुविधा दिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad