कारोबार


नाइमामार्फत नेपाली बजार प्रवेश गरेको तीन दशक पुरानो ब्रान्ड फोर्थिङ (भिडिओ)


नेपालखबर
साउन २४ , काठमाडौँ

पहिलोपटक आयोजना भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मार्फत कैयौँ ब्रान्डले आफ्ना नयाँ सवारी साधन नेपाली बजारमा उतारेका छन्।

बुधबारदेखि सुरु भएको नाइमा एक्स्पोमा लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी ई–मोबिलिटीले पनि चीनको ईभी ब्रान्ड फोर्थिङ नेपालमा सार्वजनिक गरेको छ।

लक्ष्मी ग्रुपले हुन्डाई, एसमएल इसुजु, बीएमडब्ल्यू, केयीलगायत विभिन्न ब्रान्डका सवारीसाधनहरु नेपाली बजारमा बिक्री गर्दै आइरहेको छ। 
नाइमा एक्स्पोमार्फत ग्रुपले आफ्नो पोर्टफोलियोमा नयाँ ब्रान्ड फोर्थिङ थप गरेको हो। 

योसँगै फोर्थिङ ब्रान्ड फ्राइडे ईभीमार्फत नेपाली बजारमा आधिकारिक रुपमा प्रवेश गरेको छ। 

अटोमोबाइल क्षेत्रमा लक्ष्मी ग्रुपको विरासतलाई फोर्थिङ फ्राइडेले पनि कायम राख्ने कम्पनीको विश्वास छ। 

कम्प्याक्ट एसयूभी सेग्मेन्टमा उपलब्ध फ्राइडे ‘बिगर एसयूभी’ हो। यस सेग्मेन्टमा नेपाली बजारमा उपलब्धमध्ये ठूलो र फराकिलो हो। 

फोर्थिङ नेपाली बजारका लागि नौलो ब्रान्ड हो। अन्तर्राष्ट्रिय बजारमा परिचित तथा स्थापित ब्रान्डको रुपमा छ। सन् २००१ देखि स्थापित ब्रान्डले नेपाली बजारमा पनि दबदबा कायम राख्ने विश्वास गरिएको छ। 

मूल्य, विशेषता र अफर 
फोर्थिङ फ्राइडे लक्जरी र एक्सक्लुसिभ दुई भेरियन्टमा उपलब्ध छ। 

लक्जरीको मूल्य ५० लाख ९६ हजार रुपैयाँ र एक्सक्लुसिभको मूल्य ५६ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। तर नाइमा मोबिलिटी एक्स्पोमा छुट मूल्यमा किन्न सकिने लक्ष्मी ग्रुपले जनाएको छ। 

यसका लागि कम्पनीले एक्स्पोमा विशेष अफरसार्वजनिक गरेको छ। यो गाडी खरिदकर्ताले २ लाख छुट र १ वर्षको अटोप्लस बीमा प्रदान गर्नेछ। नाइमा बुक गर्ने उपभोक्ताले लक्जरी भेरियन्ट ४८ लाख ९६ हजार रुपैयाँ  र एक्सक्लुसिभ भेरियन्ट ५४ लाख ९६ रुपैयाँमा पाउनेछन्। 

नयाँ ईभीमा ६४.४ किलोवाट आवर ब्याट्री र ९९ केडब्लु मोटर छ। यसले ४०० किलोमिटरभन्दा बढी रेन्ज दिने कम्पनीको दाबी छ। 

स्मार्ट इर्गोनोमिक्सलाई प्राथमिकता दिई निर्माण गरिएको गाडीमा प्रिमियम मसाज स्पोट्र्स सिट छ। यसले ड्राइभिङ अनुभवलाई आरामदायी बनाउने कम्पनीको दाबी छ।

साउन २४, २०८२ शनिबार १४:१५

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad