कारोबार


नाइमा एक्स्पोमा हरेक उमेर समूहको आकर्षणको केन्द्र बन्दै रोयल एनफिल्ड (तस्बिर/भिडिओ)


नेपालखबर
साउन २५ , काठमाडौँ

रोयल एनफिल्ड ‘बुलेट’ धेरैको प्रिय बाइक। भुट्ट भुट्ट आवाज बुलेटको खासियत नै हो। यो आवाजबाट मोहित नहुने बाइकप्रेमी सायदै कोही होलान्। रोयल एनफिल्डले बेबी बुमरदेखि जेन्जी पुस्ताको माया पाएको छ। 

त्यसको ज्वलन्त उदाहरण नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा देख्न सकिन्छ। यहाँ हरेक उमेर समूहका मानिस रोयल एनफिल्डमा सवार गर्न लालायित देखिन्छन्। 

एक्स्पोमा सहभागी ५० ब्रान्डमध्ये अवलोकनकर्ताको नजर तथा ध्यानलाई आफूतिर खिच्न सफल केही स्टलमध्ये रोयल एनफिल्ड अग्रस्थानमा आउँछ। 

नेपालका लागि रोयल एनफिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले मोबिलिटी एक्स्पोमा नेपाली बजारका लागि नयाँ मोटरसाइकल सार्वजनिक गरेको छैन। 

नाइमा एक्स्पोमा रोयल इनफिल्डका चार मोडल भने देख्न सकिन्छ। ती हुन् हन्टर ३५०, हिमालयन ४५० र क्लासिक ३५० को दुई मोडल डार्क एडिसन र टप भेरियन्ट। 

हन्टर ३५०  युवालक्षित बाइक हो। कम्प्याक्ट साइज तथा हल्का तौलमा उपलब्ध हन्टर ३५० काठमाडौंजस्तो भीडभाड क्षेत्रका लागि उपयुक्त हुने गरी डिजाइन गरिएको छ। 

बुलेट बाइकको रुपमा चर्चित रोयल एनफिल्ड क्लासिक ३५० दुई मोडलमा उपलब्ध छ। क्लासिक मोटरसाइकल रोयल इनफिल्ड जी२ ३५० सीसी आर्थत बुलेटबाट प्रेरित उत्पादन हो। रोयल एनफिल्डको विरासत क्लासिक ३५० हजुर बुवादेखि नाति पुस्ताको मन जित्न सफल भएको छ। 

कम्पनीको अर्को मोडल रहेको हिमालयन ४५०। यो सबै भुभागका लागि उपयुक्त बाइक हो। कम्पनीले नाइमा एक्स्पोमा छिटो छरितो फाइनान्स सुविधा पनि प्रदान गरिरहेको छ।

तस्बिरहरू

साउन २५, २०८२ आइतबार ११:३८

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad