कारोबार


नाइमा एक्स्पोमा एलएस अटो : लिभ ०१ मा छुट र अफर, अरु दुईवटाको बुकिङ (तस्बिर/भिडिओ)


नेपालखबर
साउन २५ , काठमाडौँ

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी छ। 

एक्स्पोमा एलएस अटोको आधिकारिक वितरक नेक्सन भेन्चर प्रालिले लिभ ०१ प्रदर्शनमा राखेको छ भने नेपाल भित्रिनलागेका दुई मोडलको बुकिङ पनि लिइरहेको छ। 

एक्स्पोमा कम्पनीले लिभ ०१ को मूल्य ६४ लाख ९५ हजार रुपैयाँ तोकेको छ। उक्त मूल्यमा बोनस र छुट उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ।

नाइमा एक्स्पोमा बुक तथा खरिद गर्नेलाई कम्पनीले थप साढे २ लाख रुपैयाँ छुट दिइरहेको छ। साथै कम्पनीले उपभोक्तालाई १० किलोग्रामको वासिङ मेसिन पनि उपलब्ध गराइरहेको छ। 

लिभ ०१ मा ६७.१२  किलोवाट आवर र ९९ किलोवाटको मोटर छ। ईभीले पूर्ण चार्जमा ५०० किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ। 

लिभ ०५ र एक्सको बुकिङ 
नेक्सन भेन्चरले नाइमा लिभ ०५ र लिभ एक्सको बुकिङ लिइरहेको छ। कम्पनीले नाइमा एक्स्पमो यी दुई नयाँ मोडल सार्वजनिक गर्ने योजनाअनुसार बुकिङ खोलेको हो। 

गत असारमा आएको बाढीले रसुवागढी नाका अवरुद्ध हुँदा कम्पनीले गाडी नेपाल भित्र्याउन पाएन। लिभ ०५ प्रिमियम ह्याचब्याक ईभी हो।

यसमा ५६ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक दिइएको छ। रेञ्ज ४०० किलोमिटर हुने कम्पनीको दाबी छ। 

कम्पनीले बुकिङ लिइरहेको अर्को ईभी हो, लिभ एक्स। यो कम्पनीले हाल बिक्री गरिरहेको लिभ ०१ को फोर ह्विल ड्राइभ भर्सन हो।

यो मोटर पावरका साथै केही फिचर थप भएर आउनेछ।

यमास ७७ किलोवाट आवरको ठूलो ब्याट्री प्याक छ। रेञ्ज ५४५ किलोमिटर प्रदान गर्ने कम्पनीको दाबी छ। 

साउन २५, २०८२ आइतबार ११:३८

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad