कारोबार


अवलोकनकर्ता बढेपछि एक दिन लम्बियो नाइमा एक्स्पो

अवलोकनकर्ता बढेपछि एक दिन लम्बियो नाइमा एक्स्पो

फाइल तस्बिर


नेपालखबर
साउन २५, २०८२ आइतबार ११:५१, काठमाडौँ

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’मा एक दिन लम्बिएको छ। 

नाइमा एक्स्पो साउन २१ देखि २५ गतेसम्म आयोजना गर्ने पूर्वतयारी थियो। 

दर्शकको आगमनले प्रदर्शनी स्थलमा रौनक छाएको र एक्स्पोमा अवलोकनकर्ताहरुको मागलाई थोरै समयमा सम्बोधन गर्न गाह्रो भएपछि नाइमाले एकदिन प्रदर्शन अवधि थप गरेको छ। 

आफूलाई मनपर्ने सवारीसाधनहरु अवलोकन गर्ने, सोधपुछ गर्ने, बुकिङ्ग गर्ने, साथै खरिद गर्नेहरुको घुइँचो रहेको प्रदर्शनी शनिबारको मुसलधारे पानीमा पनि निर्वाध संचालन भएको थियो। अरु दिन कार्यालयको कामकाजमा व्यस्त रहने व्यक्तिहरुले शनिबार उत्साहका साथ प्रदर्शनीमा सहभागिता जनाएका छन्। 

एक्स्पोका प्रारम्भिक तीन दिनमा सर्वसाधारणका साथै बरिष्ठ कलाकार, कुटनितिक नियोगका कर्मचारीहरु, सरकारी तथा गैरसरकारी संस्थाका व्यक्तिहरु, व्यापारी साथीहरु लगाएत समाजका सबै तहका व्यक्तिहरुले उपस्थिति जनाएका छन्। प्रदर्शनीको पहिलो दिन पन्ध्र हजार, दोस्रो दिन साढे तेह्र हजार, तेस्रो दिन साढे उन्नइस हजार र आज शनिबार एक्कइस हजार पाँच सय अवलोकनकर्ताहरुले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५मा सहभागिता जनाएका छन्। 

स्थापनाको केही महिनामै आयोजना गरिएको पहिलो प्रदर्शनीमा अवलोकनकर्ताहरुको अपार माया र समर्थन प्राप्त गर्न सफल नाइमा, आगामी दिनहरूमा पनि नेपालको मोबिलिटी क्षेत्रमा अझ ठूलो योगदान पु¥याउन प्रतिबद्ध छ। 

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५मा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय  ब्रान्डहरू सहभागी छन्। 

यही साउन २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि खुला रहने भनिएको प्रदर्शनी अब सोमबारसम्म खुल्ने भएको छ। शनिबारसम्म ७० हजारले अवलोकन गरेको आयोजक समितिले जनाएको छ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad