दुई-पाङ्ग्रे एक्सचेन्ज महोत्सव “यामाहा ब्लु फेस्ट” आजदेखि हात्तीसारस्थित जय नेपाल सिनेमा हलमा सुरु भएको छ।
उत्कृष्ट अफर, रोमाञ्चक अनुभवहरू, र यामाहा कम्पनीको शैली र प्रदर्शनको पहिचानसँगै यस पर्वले सहरभरिका बाइक र स्कुटर प्रेमीहरूको उत्साह दोब्बर बनाउने कम्पनीले जनाएको छ।
भदौ २२ देखि भदौ २७ सम्म सञ्चालन हुने यामाहा ब्लु फेस्टमा बाइक र स्कुटरप्रेमीहरूले आफ्नो पुरानो सवारी साधनलाई नयाँ यामाहामा अपग्रेड गर्ने उत्कृष्ट अवसर पाउनेछन्।
फेस्टमा एक्सचेन्ज र फाइनान्स अफरहरू छन्। जसअनुसार कुनै पनि ब्राण्ड, कुनै पनि बाइक एक्सचेन्ज गर्न सकिनेछ भने कुनै पनि यामाहा बाइक वा स्कुटरमा न्यूनतम रु. ५०,००० मूल्याङ्कन गरिने जनाइएको छ। यस्तै अन्य ब्राण्डमा न्यूनतम रु. २५,००० मूल्याङ्कन (कर म्याद पूरा गर्नुपर्ने), एक्सचेन्जमा अतिरिक्त रु. १०,००० बोनस, ७.९९ प्रतिशत ब्याजदरमा फाइनान्स, ग्यारेन्टर आवश्यक नपर्ने र नगद छुट १० लाखसम्म दिइनेछ।
अन्य थप आकर्षणहरूमा हरेक यामाहा खरिदमा निःशुल्क हेल्मेट तथा भाग्यशाली विजेताहरूका लागि “राइड द ब्लु विथ रोडिज” अनुभव प्रदान गरिने जनाइएको छ।
फेस्टमा यामाहाले आफ्नो प्रिमियम लाइनअप प्रदर्शन गर्दैछ, जसमा आर१५ भी४, एमटी–१५ भी२, एफजेट भी३ डिलक्स, रेजेटआर १२५ एफआई हाइब्रिड, एरोक्स १५५ लगायतका मोडेलहरू समावेश छन्। ग्राहकहरूले यामाहाको शक्ति, शैली, र प्रदर्शनको पूर्ण अनुभव गर्ने अवसर पाउनेछन्।

प्रतिक्रिया