कारोबार


मेरियट इन्टरनेसनल र चौधरी ग्रुपबीच होटल सम्झौता हुँदै

मेरियट इन्टरनेसनल र चौधरी ग्रुपबीच होटल सम्झौता हुँदै

नेपालखबर
जेठ २१, २०८३ बिहिबार १८:२६, काठमाडौँ

विश्वकै सबैभन्दा ठूलो होटल तथा आतिथ्य कम्पनीहरूमध्ये एक मेरियट इन्टरनेशनल र चौधरी ग्रुपअन्तर्गतको सीजी हस्पिटालिटीले होटल सम्झौता गर्ने भएका छन्। 

सीजी हस्पिटालिटीसँग मेरियटको रणनीतिक साझेदारीसम्बन्धी केही दिनमै हस्ताक्षर हुने कार्यक्रम तय भएको छ। यसका लागि मेरियट इन्टरनेसनलका प्रतिनिधि नेपाल आउन लागेको बताइएको छ।

सीजी हस्पिटालिटीले काठमाडौंको ठमेलमा मेरियटअन्तर्गतको चर्चित ब्रान्ड द रिट्ज–कार्ल्टन होटल निर्माण गर्न लागेको छ। 

चौधरी ग्रुपले हस्पिटालिटीमा लगानी बढाउँदै नयाँ होटल शृंखला ‘सीजी बाइ मेरियट’ सञ्चालन गरिरहेको छ।

सीजी हस्पिटालिटीका अधिकारीहरुका अनुसार जेठ २४ गते सहकार्यबारे सम्झौता हुनेछ।

सीजी हस्पिटालिटीले मेरियटअन्तर्गतको चर्चित ब्रान्ड द रिट्ज कार्ल्टन र वेस्टिन होटल्स एन्ड रिसोर्टसँग साझेदारीसम्बन्धी हस्ताक्षर गर्ने तयारी गरेको छ।

मेरियट इन्टरनेशनलको स्थापना सन् १९२७ मा भएको थियो। हाल यसका ९ हजार सात सयभन्दा बढी होटल तथा रिसोर्टहरू १४० भन्दा बढी देशमा सञ्चालनमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad