कारोबार


कोरला नाकाबाट पहिलो पटक भित्रिए जेइकोका ईभी, काठमाडौं आउँदै

यस्ता छन् दशैँ–तिहार विशेष अफर
कोरला नाकाबाट पहिलो पटक भित्रिए जेइकोका ईभी, काठमाडौं आउँदै

नेपालखबर
असोज ५, २०८२ आइतबार १३:५१, काठमाडौँ

रसुवा र तातोपानी नाका बाढी र पहिरोका कारण अबरुद्ध भएपछि मुस्ताङको कोरला नाका सोमबारदेखि सञ्चालनमा आएको छ। 

यो नाका सञ्चालनमा आएसँगै पहिलो पटक चीनबाट जेइको ब्रान्डका इलेक्ट्रिक गाडी नेपाल भित्रिएका छन्।

नेपालका लागि ओमोडा र जेइकोका आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सका अनुसार, कोरला नाकाबाट भित्रिएका जेइको जे५ र जे६ ईभी मुस्ताङबाट प्रस्थान गरिसकेका छन् र आगामी दुई दिनभित्र काठमाडौं पुग्नेछन्।

यसअघि जेइको जे६ नेपाली बजारमा उपलब्ध थियो भने जेइको जे५ पहिलो पटक केही समयअघि सम्पन्न नाइमा मोबिलिटी एक्सपो २०२५ मा सार्वजनिक गरिएको थियो।

दशैं–तिहार विशेष अफर
दशैं र तिहारलाई लक्षित गर्दै एसपीजी अटोमोबाइल्सले ‘फेस्टिभ राइड, मेगा ड्राइभ’ नामक अभियान सुरु गरेको छ।

यस अभियानअन्तर्गत दुवै गाडीमा विशेष छुटको व्यवस्था गरिएको छ। कम्पनीका अनुसार जेइको जे५ ६० लाख ९९ हजार रुपैयाँ पर्नेमा ५६ लाख ९९ हजारमै पाइनेछ। त्यसैगरी ६९ लाख ९९ हजार पर्ने जेइको जे६ पनि ६५ लाख ९९ हजारमै पाइनेछ। 

अफरमा एक्सचेञ्ज बोनस, ७ किलोवाट क्षमताको वाल चार्जर र १ वर्षको निःशुल्क इन्स्योरेन्स जस्ता सुविधा छन्। यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध हुनेछ र कम्पनीका शर्त तथा नियम लागू हुने कम्पनीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad