लक्जरी ईभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले ‘फ्ल्यागशिप’ मोडेल दिपल एस०७ आईसिएमा ‘बाईब्याक ग्यारेन्टी र ५ वर्षसम्म शून्य खर्च’ स्किम पुनः सुरु गरेको छ।
यो स्किमले दिपल एस०७ प्रति ग्राहको आत्मविश्वास बढाउने, ‘रिसेल भ्यालु’को चिन्ता हटाउने र नेपालमा विद्युतीय सवारीको स्वामित्व अनुभवलाई अझ सहज बनाउने एमएडब्लु वृद्धिको बलियो प्रतिबद्धतालाई झल्काउँछ।
बाईब्याक ग्यारेन्टी कार्यक्रमअन्तर्गत दिपल एस०७ आईसिए खरिद गर्ने प्रत्येक ग्राहकले दोस्रो वर्षदेखि पाँचौं वर्षसम्म जुनसुकै समयमा एमएडब्लु ग्रुपबाटै पूर्व निर्धारित रिसेल मूल्य पाउनेछन्। यो स्किमले इभी खरिदकर्ताको रिसेल मूल्यको चिन्तालाई सम्बोधन गर्नेछ।
पाँच वर्षसम्म शून्य खर्च
बाईब्याक एस्योरेन्सको साथै ग्राहकले पाँच वर्षसम्म शुन्य खर्च लाग्ने बृहत कार्यक्रमको पनि उपभोग गर्न सक्नेछन्। यसअन्तर्गत ग्राहकले पाँच वर्षसम्म ‘अटोप्लस इन्स्योरेन्स’, ‘पिरियोडिक मेन्टेनेन्स’, चार्जिंगमा लाग्ने खर्च र ‘रोड ट्याक्स’को खर्च तिर्नुपर्ने छैन।
आवश्यक सबै सेवाहरु उपलब्ध यो स्किममार्फत ग्राहकले चिन्तामुक्त र निर्बाध ईभी ‘एक्सपिरियन्स’ गर्न पाउनेछन् र यसले विश्वसनीयता र दीर्घकालिन सेवाप्रति एमएडब्लु वृद्धिको प्रतिबद्धतालाई दर्शाउँछ।
‘हाम्रो उद्देश्य ग्राहकलाई आफ्नो इभी यात्राभर आश्वस्त पार्नु र पिस अफ माइन्ड दिलाउनु हो। दिपल एस०७ आईसिए आरामदायी र इन्टेलिजेन्ट एसयुभी हो जसले नेपालको बदलिँदो गतिशिलताको मागलाई सम्बोधन गर्छ,’ एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने, ‘दिपल इभी खरिद गरिसकेपछि ग्राहकले हाम्रो निरन्तर साथ र विश्वास पाइराखून् भन्ने हाम्रो उद्देश्य हो। यो स्किम सहज र विश्वसनीय इभी ओनरसिपका लागि हो।’
लक्जरी र प्रविधिको नयाँ मापदण्ड
दिपल एस०७ आईसीएमा आफ्नो ट्रेन्डसेटिंग डिजाइन र अत्याधुनिक प्रविधिमार्फत इलेक्ट्रिक मोबिलिटीमा नयाँ मानक स्थापित गर्छ। यसको ‘टाइमलेस डिजाइन’ र १० भन्दा बढी अझै पनि अन्य इभीमा नभएका ‘इन्डस्ट्री फस्र्ट’ फिचरले दिपलको भिजनलाई दर्शाउँछ।
Shares

प्रतिक्रिया