कारोबार


दिपलले किन्यो हुन्डाईको चिनियाँ प्लान्ट

दिपलले किन्यो हुन्डाईको चिनियाँ प्लान्ट

नेपालखबर
मंसिर १४, २०८२ आइतबार ११:५२, काठमाडौँ

चांगानले चीनमा रहेको हुन्डाईको प्लान्ट अधिग्रहण गरेको छ।बेइजिंग हुन्डाईको चोंगकिंगस्थित कारखानालाई चांगानले खरिद गरेर दिपल ब्रान्डका सवारीसाधनको उत्पादनमा उपयोग गर्नेछ।

चांगानको उत्पादन क्षमता सीमा नजिक पुगिसकेकाले उसलाई आफ्नो उत्पादन क्षमता बढाउनु पर्ने थियो। द इकोनोमिक अब्जर्भरले प्लान्टको स्वामित्व परिवर्तनबारे सार्वजनिक गरेको केही दिनमा दिपलले यसलाई पुष्टि गरेको हो।

यो प्लान्ट पहिले बेइजिंग हुन्डाईको पाँच मध्येको एक उत्पादन केन्द्र थियो।सन् २०१५मानिर्माण सुरु भई २०१७ अगस्त बाट उत्पादन थालेको यो प्लान्ट १८.७ लाख वर्ग मिटरमा फैलिएको छ।यसको प्रारम्भिकलगानी १.१ बिलियन डलर रहेको थियो।यसको वार्षिक उत्पादनक्षमतातीनलाख युनिट रहेको छ। तर यो कारखाना२०२१ डिसेम्बरबाट बन्दअवस्थामा रहेको थियो।

हाल दिपलका इभीहरु नानजिंग र बेइजिंगस्थित प्लान्टमा उत्पादन हुँदै आएको छ।नयाँ प्लान्ट थपिएसँगै कम्पनीको उत्पादन क्षमता र बजार प्रभाव विस्तार हुने अपेक्षा गरिएको छ। यो वर्ष अक्टोबर महिनामादिपल इभीको विक्री अघिल्लो वर्षको तुलनामा ५७.१ प्रतिशतले वृद्धि भएको रिपोर्ट छ।

चांगानले दिपललाई विश्वभर विस्तार गर्नेलक्ष्य राखेर युरोप र दक्षिण अमेरिकामा आफ्ना मोडलहरु सार्वजनिक गर्दै आएको छ। दिपलको एस०५ र एस०७ भर्खरै जर्मनी, बेलायत, फ्रान्स लगायतका युरोपेली मुलुकमा सार्वजनिक भएको थियो।केही दिनअघि यो ब्रान्ड ब्राजिलमा पनि लन्च गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad