कारोबार


टियागो ईभी अन्तर–विद्यालय कला प्रतियोगिताका विजेतालाई पुरस्कार

टियागो ईभी अन्तर–विद्यालय कला प्रतियोगिताका विजेतालाई पुरस्कार

नेपालखबर
मंसिर २९, २०८२ सोमबार १२:३०, काठमाडौँ

टियागो ईभी कार्टनिभल अन्तर स्कुल चित्रकला कार्यक्रम अन्तर्गत प्रदर्शनी र पुरस्कार वितरण कार्यक्रम हालै सम्पन्न भएको छ।

सिप्रदियन सहायता संस्था र बूढानीलकण्ठ स्कुलको सहकार्यमा आयोजित अन्तर स्कुल चित्रकला कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो। 

१० निजी र ६ सामुदायिक गरी १६ विद्यालयका ३७७ भन्दा बढी विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएको कार्यक्रम, चित्रकला प्रदर्शनी तथा विशेष पुरस्कार वितरण समारोहसहित सम्पन्न भएको छ।

प्रतियोगिताअन्तर्गत कक्षा ५ देखि ८ सम्मको समूहमा त्रियोग हाईस्कुलका आशिम सुन्दास र कक्षा ९ देखि १२ को समूहमा बूढानीलकण्ठ स्कुलका समय्या थापा प्रथम भएका छन्। दुवै समूहका प्रथम विजेताहरूलाई पुरस्कार स्वरूप प्लेस्टेशन ५ प्रदान गरिएको छ ।

दुई चरणमा विभाजन गरिएको यस कार्यक्रमको पहिलो चरण अन्तर्गत गत मङ्सिर १३ गते चित्रकला प्रतियोगिता र कार्यशाला सञ्चालन गरिएको थियो भने दोस्रो चरणमा पुस २८ गते उत्कृष्ट कृतिहरूको प्रदर्शनी तथा पुरस्कार वितरण गरिएको थियो।

प्रतियोगिताको कक्षा ५ देखि ८ को समूहमा काठमाडौँ यूरो स्कुलकी ब्रिशा भट्टले द्वितीय, नेशनल ब्लुमिंग फ्लावोर एकेडेमीका सामिक कुँवरले तृतीय, बूढानीलकण्ठ स्कुलका दक्ष चौधरीले चौथो र त्रियोग हाईस्कुलकी आश्वी घलेले पाँचौँ स्थान हासिल गरेका छन्। त्यसैगरी कक्षा ९ देखि १२ को समूहमा बूढानीलकण्ठ माध्यमिक विद्यालयकी युनिशा श्रेष्ठ र राजन मुखिया क्रमशः द्वितीय र तृतीय हुन सफल भएका छन्।

उक्त कार्यक्रम बूढानीलकण्ठ स्कुलका प्रिन्सिपल केशर खुलाल, सिप्रदी ट्रेडिङ प्रा.लि.का पेसेन्जर सेग्मेन्ट प्रमुख सावन्त जङ्ग सिजापतिका साथै  शिक्षक, अभिभावक, सहभागी स्कुलका विद्यार्थी,  तथा कला क्षेत्रका व्यक्तिहरूको उपस्थितिमा सम्पन्न भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad