कारोबार


एमएडब्लु वृद्धिद्वारा नेपालगन्जमा अत्याधुनिक डोङफेङ र दीपाल शोरुमको उद्घाटन

एमएडब्लु वृद्धिद्वारा नेपालगन्जमा अत्याधुनिक डोङफेङ र दीपाल शोरुमको उद्घाटन

नेपालखबर
मंसिर २९, २०८२ सोमबार १८:९, नेपालगन्ज

नेपालका लागि दिपाल र नामी इलेक्ट्रिक सवारी साधनको आधिकारिक वितरक एमएडब्लु वृद्धिले नेपालगन्जमा डोङफेङ र दिपाल शोरुमको औपचारिक उद्घाटनसँगै पश्चिम नेपालमा आफ्नो उपस्थिति थप मजबुत बनाएको छ।

यस उद्घाटनले एमएडब्लु वृद्धिको देशव्यापी ईभी नेटवर्क विस्तार गर्ने र पश्चिम नेपालमा आफ्नो उपस्थिति बलियो बनाउने योजनामा एक महत्वपूर्ण कोसेढुङ्गा सावित गरेको छ।

शोरुमको उद्घाटन नाडा एशोसिएशन बाँकेका अध्यक्ष नरेन्द्र प्रसाद ओली, एमएडब्लु ग्रुप प्यासेन्जर डिभिजनका उपाध्यक्ष सन्दीप चटर्जी, एमएडब्लु वृद्धि मोटर्सका सीईओ प्रसन्न पन्त, एमएडब्लु वृद्धि अटोकर्पका सीईओ ज्ञानेन्द्र चन्द र पानास अटोमोटिभका अध्यक्ष ज्ञानेन्द्र खनालको उपस्थितिमा गरिएको हो।

एमएडब्लु वृद्धि मोटर्ससँग प्रत्यक्ष जोडिएको यस कार्यक्रममा व्यवसायिक तथा अटोमोटिभ क्षेत्रका प्रतिष्ठित अतिथि र सरोकारवालाहरूको सहभागिता रहेको थियो। सफल उद्घाटन समारोहमा स्थानीय अधिकारीहरू, व्यवसायीहरू, ग्राहकहरू र सञ्चारकर्मीहरूको पनि बाक्लो उपस्थिति रहेको थियो।

नेपालगन्जको प्रमुख स्थानमा अवस्थित यस नयाँ शोरुमले ग्राहकहरूलाई डोङफेङ र दिपालका पछिल्ला विद्युतीय सवारी साधनहरूको उत्कृष्ट अनुभव प्रदान गर्दछ। ग्राहकको आराम र सुविधालाई प्राथमिकता दिने गरी डिजाइन गरिएको यस शोरुममा आगन्तुकहरूले सवारी साधनहरूलाई नजिकबाट नियाल्न र उत्पादनका बारेमा स्पष्ट जानकारी लिन सक्नेछन्। शोरुम उद्घाटनको एक दिन अघि नेपालगन्जमा नामी भिगो र दिपाल एस०५ सार्वजनिक गरिएको थियो, जसले नेपालका विभिन्न भागहरूमा ईभी सवारी साधनहरूको विकल्पलाई थप विस्तार गरेको छ।

नेपालगन्जमा टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प
शोरुम उद्घाटनको अवसरमा एमएडब्लु वृद्धि मोटर्सले नेपालगन्जको पानास अटोमोटिभमा 'टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प' आयोजना गरिरहेको छ।

यस कार्यक्रममा ग्राहकहरूले डोङफेङ र दिपालका इलेक्ट्रिक सवारी साधनहरूको प्रत्यक्ष अनुभव लिनुका साथै आकर्षक नगद छुट, एक्सचेन्ज बोनससहितको उत्कृष्ट मूल्याङ्कन, नि:शुल्क चार्जर (७ किलोवाट + ३.५ किलोवाट), नि:शुल्क बीमा र हरेक टेस्ट ड्राइभमा उपहारको सुविधा प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad