कारोबार


सीएफमोटोको नयाँ डुअल–स्पोर्ट मोटरसाइकल नेपालमा परीक्षण सुरु, लन्च कहिले?

सीएफमोटोको नयाँ डुअल–स्पोर्ट मोटरसाइकल नेपालमा परीक्षण सुरु, लन्च कहिले?

नेपालखबर
पुस ६, २०८२ आइतबार ११:४२, काठमाडौँ

सीएफमोटोको नयाँ डुअल–स्पोर्ट मोटरसाइकल नेपालमा परीक्षण सुरु गरिएको छ। 

बढ्दै गएको एड्भेन्चर र डुअल–स्पोर्ट सेगमेन्टमा नयाँ मोडल छिट्टै लन्च गर्ने गरी सिएफमोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले २५० डुअलको परीक्षण सुरु गरेको जनाएको छ।

सो नयाँ मोडलले मोटरसाइकलप्रेमीलाई सहरी यात्रादेखि अफ–रोडसम्म बहुउपयोगी विकल्प प्रदान गर्ने विश्वास लिइएको छ। नयाँ मोटरसाइकललाई सीएफमोटोले मजबुत अफ–रोड क्षमता र स्लीक अर्बन–रेडी डिजाइनका साथ अत्यन्त आकर्षक लुक्समा तयार पारेको छ।

नेपालका विविध सडक परिस्थिति र चुनौतीपूर्ण भूपरिवेशलाई ध्यानमा राखेर विशेष रूपमा उपयुक्त मोटरसाइकल ल्याउन चाहेको कम्पनीले संकेत दिएको छ।

डिजाइनलाई आकर्षक र एग्रेसिभ लुक्स दिन सो नयाँ बाइकमा शार्प एंगुलर फ्रन्ट फेसियाका साथ बिशेष डुअल–स्पोर्ट हेडलाइट जडान गरिएको छ। अफरोडमा यात्रा गर्दा धूलो तथा ग्राभेलबाट सुरक्षा दिन उठाइएको फ्रन्ट फेन्डर र लम्बिएको फोर्क गार्ड उपलब्ध गराइएको छ। 
बाइकमा लामो ट्राभल सस्पेन्सन, स्लिम तथा स्ट्रिमलाइन बडी प्यानल, हाई–माउन्टेड एक्जस्ट, डुअल–पर्पस टायर र उभिएर चलाउँदा समेत राम्रो नियन्त्रण दिन सक्षम, स्कल्प्टेड ट्याङ्कसँग जोडिएको सानो स्लिम सीट प्रोफाइल दिइएको छ।

इन्डुरो मेसिनबाट प्रेरित क्लासिक डिजाइन फिलोसफीमा आधारित २५० डुअलको उत्पादन आधुनिक तवरबार गरिएको छ भने  प्रिमियम फिनिशिङले यसलाई थप परिष्कृत बनाएको छ।

टिकाउपन र ह्यान्डलिङलाई विभिन्न परिस्थितिमा (सहरको भीडभाडदेखि बिग्रिएको सडक र अफ–रोड ट्रेलसम्म) मूल्यांकन गरिरहेको अवस्थालाई मध्यनजर गर्दा सीएफमोटो नेपाली सडक सुहाउँदो मोटरसाइकल लन्च गर्न गम्भिर रहेको पुष्टि गर्दछ।

एर्गोनोमिक डिजाइन, फराकिलो ह्यान्डलबार र अप–राइट राइडिङ पोजिसनले सिएफमोटो २५० डुअललाई  लामो यात्रादेखि विकेन्ड एड्भेन्चरसम्मका लागि उपयुक्त बनाउँने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad